इटहरी । बुधबार इटहरीमा भूकम्पकाे ठूलो धक्का महशुस भएकाे छ । बिहान ५ बजेर २० मिनेटमा भूकम्प भएकाे हाे ।

भूकम्पबारे जानकारी दिने वेबसाइट ईएमएससीका अनुसार ५ बजेर १९ मिनेटमा गएको भूकम्पको केन्द्रविन्दु काठमाडौँबाट ६३ किलोमिटर उत्तर पूर्वमा रहेको र यसको म्याग्निच्युड ५.५ रहेको उल्लेख गरेको छ । भूकम्प मापन केन्द्रले आधिकारिक तथ्यांक दिन बाँकी रहेको छ । यसअघि, भदौ २६ गते बिहान साढे ९ बजे झापाको बाहुनाँगीस्थित नेपाल–भारत सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।

 

तपाईको प्रतिक्रिया