इटहरी, पछिल्लो समय चलचित्र क्षेत्रमा निकै निर्माता निदेशकहरुले लगानि गरेको देख्न सकिन्छ जसमा केहि सफल भए त केहि असफल तर कोहि यस्ता निर्माता छन् जुन छोटो समयमानै नाम र दाम कमाउन सफल भएका छन् जसको एउटा उदाहरण हो रोहित अधिकारी , उनले निर्माण गरेका दुई चलचित्र ‘गाजलु र छ माया छपक्कै’ ले राम्रो स्थान पाएको थियो । उक्त चलचित्र सफल भएसंगै उनले पुन अर्को चलचित्र बताृने दाउमा छन् । उनको चलचित्रलाई दिनेश राउतले निर्देशन गर्दैछन् ।

रोहितले दिनेशलाई चलचित्र निर्देशनका लागि ५ लाख पेश्की रकम समेत दिइसकेका छन् । रोहितले चलचित्र क्षेत्रमा नाम कमाएको प्रख्यात कलाकारको खोजिमा छन् । उनको उक्त चलचित्रको अभिनेता अनमोल केसि रहने हल्ला पनि सिने बजारमा सुनिन थालेको छ । तर, यथार्थको लागि भने प्रतीक्षा गर्नैपर्ने हुन्छ ।

यस्तै रोहितले चलचित्रका लागि नयाँ अनुहार पनि भित्राउने संकेत गरे । रोहित दिनेश राउतसँगको सहकार्यमा चलचित्र निर्माणमा ह्याट्रिक गर्ने दाउमा छन् । यसैले, उनले यो चलचित्रलाई बलियो बनाउन कुनै कसर बाँकी नराख्ने बताए ।

तपाईको प्रतिक्रिया