बलिउड सुपरस्टार सलमान खानका फ्यान्स उनको फिल्मको प्रतिक्षामा लामो समयदेखि बसिरहेका छन् ।

बक्स अफिसमा उनको फिल्मले राम्रो प्रदर्शन गर्दछ । अहिले सलमान खान आफ्नो सुपरहिट सिरिज टाइगर ३ लाई लिएर चर्चामा छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार टाइगर ३ मा पनि सलमान र क्याट्रीनाको जोडी रहने बताइएको छ । तर यशराज फिल्मले अहिलेसम्म यस फिल्मको बारेमा केहि घोषणा गरिसकेको छैन । तर टाइगर ३ फिल्म बम्पर बजेटमा बन्न लागेको बताइएको छ ।

जसपछि यो फिल्म बलिउडको इतिहासमा सबैभन्दा धेरै बजेटको फिल्म बन्नेछ । यो फिल्ममा सलमानलाई १०० करोड रुपैयाँ दिन लागिएको छ ।

यो फिल्म विश्वका ७ वटा देशहरुमा शुटिङ गरिने बताइएको छ ।

एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया