सुशान्त सिंह राजपुतकी प्रेमिका रिया चक्रवर्तीले जेल जानै पर्ने भएको छ। लागु औषध मुद्दामा मुम्बई सेसन्स कोर्टले धरौटीमा उन्मुक्ति नदिएपछि उनी जेलमा जाने भएकी हुन्।

धरौटीमा रिहा गर्ने याचिका अदालतले खारेज गरेपछि उनले जेल जानुपर्ने भएको हो। सबै ६ आरोपित रिया, शोविक, दीपेश सावन्त, स्यामुअल मिरांडा, जैद, बासित परिहार जेल जानुपर्ने भएको हो।

रिया २२ सेप्टेम्बरसम्म भायखला जेलमा रहने छिन्। रियालाई धरौटीमा छुटाउन उनका वकिल उच्च अदालतको ढोका ढकढकाउने सक्ने बाटो भने खुलै छ।

तपाईको प्रतिक्रिया