मोरगं । मानविय रोगप्रतिरोधात्मक क्षमता बढाउने जडीवुटीका रुपमा प्रख्यात गुर्जो कोरोना संक्रमित तथा जोखिममा रहेकाहरुका लागि समेत प्रभावकारी हुने तर्फ मध्यनजर गर्दै मोरगंको सुन्दरहरैचा क्षेत्रमा सञ्चारकर्मीहरुले गुर्जो वितरण अभियान सुरु गरेका छन ।
औषधिय गुण भएको गुर्जोको प्रभावकारिताको चौतर्र्फी चर्चा र आयुवेर्दी उपचार पद्धातीमा समेत प्रयोग हुदै आएको जानकारी हासिल भएपछि नजिकैको जंगलमा गएर गुर्जोको लहरा संकलन गरेर कोरोना संक्रमणको जोखिम बच्न र रोगप्रतिरोधात्मक क्षमता वढाउन सहयोग पुग्ने तर्फ मध्यनजर गर्दै कोभिड १९ जोखिम पत्रकारिता समुहले गुर्जो वितरण अभियान शुरु गरेको हो ।
कोरोना संक्रमित र जोखिममा रहेकाहरुलाई प्रभावकारी हुने भन्दै गुर्जोको प्रयोग गर्नेहरुको संख्या वढी रहेको तथा कतिपय स्थानीय सरकारले समेत संक्रमितहरुलाई गुर्जो वितरण गरिरहेको समयमा गुर्जो संकलन गरेर वितरण गर्न थालेको कोभिड १९ जोखिम पत्रकारिता समुह सुन्दरहरैंचाका अध्यक्ष शिव भट्टराई भोजपुरेले वताए ।

उनले कोरोना संक्रमणको जोखिमको समयमा समेत सेवा प्रदान गर्दै आएका सुन्दरहरैंचा नगरपालिकाका कर्मचारी, ईलाका प्रहरी कार्यलयका प्रहरीहरु , मजदुर तथा स्थानियहरुलाई पहिलो चरणमा वितरण गरिएको अध्यक्ष भट्टराईले जानकारी दिए ।

विश्वलाई नै अपठ्रयारो पारिरहेको कोरोना भाइरसले सुन्दरहरैंचा नगरपालिका समेत प्रताडित भएको छ भन्दै कोरोना भाइरससंग जुध्नका निम्ती मानिसको शरिरमा चाहिने इमिनिटी पावर वृद्धि गर्ने गुर्जो अत्यान्त राम्रो भन्ने वुझिएको गुर्जो बाड्ने कार्य सुन्दरहरैंचा क्षेत्रका क्रियाशिल पत्रकारहरुले वितरण गरेर राम्रो काम गरेको नगरप्रमुख शिव प्रसाद ढकालले वताए । उनले नगरवासीका लागि उपयोगी हुने औषधिय गुण भएको जडीवुटी वितरण गर्ने कार्य पत्रकारहरुले गरेको भन्दै प्रशंषा गरे ।

कोरोना संक्रमितहरुका लागि महत्पुर्ण औषधि भएको प्रमाणको आधारमा चारकोशे झाडीको जंगलमा गएर गुर्जो संकलन गरेर ल्याएको कोभिड १९ जोखिम पत्रकारिता समुहका सदस्य बाबुराम निरौलाले वताए । उनले औषधि जन्य चिज दिएर समुदायलाई कोरोना मुक्न वनाउने अभियानमा जुटेको निरौलाले जानकारी दिए ।

जंगलमा पाइने गुर्जो नामक औषधी हामिलाई संचारकर्मीहरुले पसलमै ल्याएर दिनु भएकोमा सिता राईले खुसी ब्याक्त गरिन । सुन्दरहरैंचा नगर क्षेत्रमा हाल ३४ जना भन्दा बढी कोरोना संक्रमितहरु रहेका छन ।

तपाईको प्रतिक्रिया