धनकुटा । साँगुरीगढी गाउँपालिकाका जाेखिम घरधुरिलाई राहातकालागि गाउँ बिपद ब्यावस्थापन आपतकालिन बैठक बिहिवार  साँगुरीगढीमा सम्पन्न भएकाे छ । सम्पन्न बैठकले साँगुरिगढि गाउँपालिकामा पहिरो बाढि र बढि जाेखिम क्षेत्रका १० घर धुरी परिवारलाई स्थलगत रुपमा प्राविधिक अनुगमन गरि प्रतिबेदन तयार गरि तीन लाख रुपैयाँ को दरले क्षतिपुर्ती पाउने गरि सम्बन्धित निकायमा सिफारिस गरिएकाे गाउँपालिका अध्यक्ष कुमार जङ्ग याख्खाले जानकारी दिनुभयाे उक्त बैठकमा राजनैनिक पार्टी प्रतिनिधि नेपाली काङ्ग्रेस, जनता समाजवादि पार्टी, नेकपा साँगुरिगढी , सुरक्षा निकाय, नेपाल प्रहरी, नेपाल आर्मी र प्रमुख प्रसासकिय अधिकृत सुर्य भण्डारी, कार्यपलिका सदस्य, रेडक्रस उपसाखा प्रतिनिधि, अधिकृत स्तरका कर्मचारीलगायतकाे उपस्थिति रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया