इटहरी । काेराेना भाइरसकाे महामारी र सरकारले जारी गरेकाे लक डाउनकाे बहाना बनाउदै निजि तथा संस्थागत बिद्यालयहरूले बिगत लामाे समयदेखि तलब नदिदा निजि तथा संस्थागत विध्यालयमा कार्यरत शिक्षकहरू प्रत्यक्ष मार्कामा परेकाे भन्दै यथाशिघ्र माग सम्बाेधन गराइदिन अाग्रह सहित पिडित शिक्षकहरूले बिहीबार इटहरी उपमहानगरका मेयर द्वारिकलाल चाैधरी समक्ष ज्ञापन पत्र बुझाएका छन ।

लक डाउनकाे बहानामा शिक्षकहरूलाइ निजि तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक एवम कर्मचारीहरूलाइ सञ्चालकहरूले तलब नदिएकाे कारण दैनिक चलाउन गाह्राे भएकाे गुनासाे सहित बिहीबार उपमहानगरका मेयर चाैधरी समक्ष पिडित शिक्षकहरूले ज्ञापन पत्र बुझाएका हुन ।

तलब नपाएकै कारण घर चलाउन अहिले समस्या भइरहेकाे पिडित शिक्षकहरूले बताएका छन । निजि विध्यालयहरु आज कोभिड १९ को कारण देखाउदै आफ्नो दायित्व र जिम्मेवारी बाट टाडिन थालेको जिल्ला प्याब्सु कमिटि सुनसरी अध्यक्ष मुकेश रिजाल बताउछन् ।

   निजी विध्यालयहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरुका साझा संगठन प्याब्स्यु तथा इष्टुको पहल कदमीमा पटक पटक प्याब्सन र एन प्यास्नन संग छलफल र समन्वय गर्दा समेत बिद्यालय  सञ्चालकहरुले बेवास्था गर्दै अाएकाे र अहिले समस्या झनै जटिल बनेकाे पिडित शिक्षकहरूले गुनासाे राखेका छन ।

यसरी निजि तथा संस्थागत विध्यालयहरुका समस्या माथि नियमनकारी निकायका रुपमा रहेको स्थानिय सरकारले समेत ध्यानाकर्षण सहित नियमित अनुगमन नगर्दा  यो क्षेत्रमा बेथिति मौलाउँँदै आएको र कानुन सम्मत रुपमा नियमित मासिक पारिश्रमिक पाउनुपर्ने शिक्षक कर्मचारीहरुको नैसर्गिक अधिकारमाधि कुठाराघात भई थप जटिलता उत्पन्न भएको शिक्षकहरुले गुनासो गरेका छन् ।यता शिक्षकहरूकाे ज्ञापन पत्र बुज्दै इटहरी उपमहानगरका मेयर द्वारिकलाल चाैधरीले यथाशिघ्र चाडाे समस्याकाे सामधान खाेज्ने तर्फ अग्रसर रहने बताएका छन ।

तपाईको प्रतिक्रिया