भारतमा एक वर्षका बच्चाले खेल्दाखेल्दै जिउँदै सर्प निलेका छन्। भारतको उत्तर प्रदेशको बरेली जिल्लामा यो अचम्मको घटना भएको हो।

टाइम्स अफ इन्डियामा प्रकाशित खबरअनुसार धर्मपालका एक वर्षीय छोराले ६ इन्च लामो करेत सर्पको बच्चा मुखमा हालेका हुन्।

खेलिरहेका ती बच्चाको मुखमा उनकी आमाले जब केही वस्तु देखिन् तब हतपत तानिन्। निकालेर हेर्दा त्यो वस्तु जिउँदो सर्प पाइन्।

तपाईको प्रतिक्रिया