कलाकार आयुष्मान देशराज जोशी र प्रियंका कार्कीले गत वर्ष बिवाह बन्धनमा बाधिएका थिए ।
हालै प्रियंका र आयुष्मानले युट्युबमार्फत एक भिडियो सार्वजनिक गरेका छन्, जुन भिडियोमा उनीहरुले आफ्ना फ्यानले सोधेका प्रश्नको उत्तर दिएका छन् ।
प्रियंकाले भिडियोमार्फत फ्यानले जवाफ दिने क्रममा आफू अहिले आमा बन्न नलागेको स्पष्ट पारेकी छिन् । प्रियंकालाई उनका फ्यानहरुले आमा बन्न लागेको हो ? भनेर प्रश्न गर्दै आइरहेका थिए ।
‘म आमा बन्न लागेकी छैन, त्यस्तो भयो भने तपाईंहरुलाई भनिहाल्छु,’ प्रियंकाले भिडियोमार्फत भनिन् ।
साथै प्रियंकाले आयुष्मानसँग कसरी प्रेम बस्यो भन्ने प्रश्नको पनि जवाफ फर्काएकी छिन् । उनले प्रेम यत्तिकै भएको बताएकी छिन् ।
‘हामीले एकअर्कालाई प्रेम गर्ने भनेका पनि थिएनौं, बरु उसले (आयुष्मान) ले मलाई स्न्यापच्याटमा जिस्काउँथ्यो, तर हामी प्रेममा पर्छौं भनेर प्रेममा परेनौं,’ प्रियंकाले भनिन्, ‘यो यत्तिकै भयो ।’

 

तपाईको प्रतिक्रिया