बिहीबार सुनको मूल्य ओरालो लागेको छ । आज सुनको मूल्य तोलामा ७ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय कायम गरिएको छ । बुधबार छापावाल सुनकाे मुल्य १ हजार २ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँ भएको थियोे ।

यस्तै, तेजावी सुनको मूल्य ९६ हजार निर्धारण गरिएको छ । तेजाबी सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ४५ रहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया