धनकुटा । निको हुने आशले नोबेल शिक्षण अस्पताल विराटनगर पुग्नु भएका ढुड्गाना यतिवेला भने कम्मर देखि मुनिको कुनै पनि भाग नचलेर ओछ्यान पर्नु भएको छ ।
दिसा पिसाव आएको समेत थाहा नहुने भएर एकै ठाउँमा करिब १६ महिना देखि थल्लिनु भएको छ । विभिन्न रोग लागेर अस्पताल जादा ठिक हुन्छ भन्ने लागेर प्रायजसो अस्पताल जाने गरिन्छ ।
बिरामी र बिरामीका आफन्तले अस्पतालमा गएपछि रोगको निदान हुने र बिराम निको हुने अपेक्षा गरिएको हुन्छ । यस्तै अपेक्षा लिएर चौविसे गाउँपालिका वडा नम्वर ३ कुरुले घर भई हाल धनकुटा नगरपालिका वडा नम्वर ७ स्थित केशव पहाडीको घरमा भाडामा बस्दै आउनु भएका बोधनाथ ढुङ्गगाना ढाँड दुखेर एमआरआई गर्न विराटनगर स्थित नोवेल अस्पताल पुग्नु भएको थियो ।
उहाँलाई डाक्टरले मेरुदण्डमा ट्यूम्मर पलाएको र नसा च्यापिएर समस्या जटिल बनेको भन्दै तत्काल अप्रेशन गर्न सुझाव दिए लगतै गत २०७६ जेठ २० गते पुन नोबेल पुग्नु भएका ढुङ्गानाको गत २०७६ जेठ २१ गते ढाँडको मेजर अप्रेशन गरिएको थियो ।
आर्थिक अवस्था समेत कमोजर रहेका ढुङ्गाना आफन्त ईष्टमित्र, स्थानीय तहलगायत सबैको आर्थिक सहयोग पश्चात अपे्रशन ता गरियो तर निको हुनुको सट्टा हिड्नै नसक्ने भएर फर्किएको आफन्तको गुनासो छ ।
बिरामीका अनुसार डाक्टरले ढाँडमा नशा च्यापिएको र ट्युम्मर पलाएको छ अप्रेशन गर्नु पर्छ निको हुन्छ भनेकाले अप्रेशन गर्न हिडेर गएको म अहिले भने ओछ्यान परेको छु । नत पैसा नै बच्यो नत म हिड्न नै सक्छु । अरुले दिएको सहयोग न छोरा छोरीलाई भयो न आफ्नो राम्रो उपचार नै । नोबेलका डाक्टरले निको पार्न गरेको मेरो अप्रेशन नै यो अवस्था बन्यो ।
अप्रेशन गरेको ६ महिनामा हिड्न सकिने डाक्टरले भनेको भएता पनि १६ महिना भईसक्दा पनि हिड्न ता परै जावोस दिसापिसाव समेत एकै ठाउँमा भएर ओछ्यानमा लडेको छु ।
४० बर्षको जल्दोबल्दो उमेरमै ८ बर्षीय एक छोरा, अढाई बर्षीय एक छोरी र श्रीमतीका अभिभावक लाउलाउ खाउखाउ भन्ने समयमै ओछ्यान पर्दाको दयनीय अवस्था हेर्न आउने जो कोहिको आँखामा आसु आउँछ ।
परिवार र छोराछोरीको आधार निर्माण गरिदिने बेलामा ढोका खुल्ला कोठामा भएर पनि उहाँलाई त्यही कोठा बन्द पिंंजडा सरह कहाँलिलाग्दो जिवन बिताउन बाध्य हुनु परेको छ । दुवै खुट्टा भएर पनि उहाँ हिड्न सक्नु हुन्न, अर्कैको भरले सुताउनु उठाउनु पर्छ । ओछ्यानमै दिसा पिसाव आएको थाहा हुदैन । उपचार राम्रो नपाएका कारण आफन्तले जुटाई दिएको पैसा पनि सके आफु उठ्न सकिन, परिवार र सन्तानलाई सुख दिन त सकिन अहिले परिवारकै लागि भार भए भन्दै विलौना गरि पुन सहयोगको अपेक्षा गरिरहेका छन् ।
यो बिरामीको अवस्थाले नोबेल नाम चलेको हस्पिटल प्रति धनकुटाबासिहरूमा अन्यौलता छाएको छ । भाडामा बस्दै आउनु भएका ढुङ्गानाको अप्रेशन देखि हालसम्मको घरभाडा समेत घरबेटीले मिनाहा गरिदिनुभएको छ । तर रोगले सताएपछि कस्को के नै पो लाग्दो रहेछ र ? उनको जीवनमा ब्रेक लागेको छ ।
करिब ७ बर्ष अघिदेखि कम्मर र देब्रे खुट्टा दुख्ने समस्या रहेकाले डाक्टरलाई देखाएर औषधी खाए पनि समस्या बढ्दै गएपछि देब्रे खुट्टा छोटो भए जस्तो भएर टेकाई नै तलमाथि हुन थालेपछि उपचारका लागि विराटनगर स्थित नोबेल शिक्षण अस्पताल पुग्नु भएको उहाँकी श्रीमती विनिता भण्डारी ढुङ्गानाले बताउनु भयो ।
डाक्टर चेरी बर्माबाट फर्किए पछि डाक्टर चेरी र विकास काफ्लेले नोबेल शिक्षण अस्पताल बिराटनगरमा अप्रेशन गरेको र अप्रेशन गर्नु अघि नै डाक्टरले यस्तो अप्रेशनमा भगवान भरोसा गर्नुपर्छ अप्रेशन गरेका मध्ये दुई प्रतिशत असफल पनि हुन सक्ने भनेको भएता पनि यस विषयमा नोबेल शिक्षण अस्पताल सञ्चालक सुनिल शर्मासँग परामर्श भईरहेको उहाँका दाजु श्रृषिराम ढुङ्गानाले जानकारी दिनुभयो ।
घरमा भएको सम्पूर्ण जायजेथा र हालसम्मको आर्थिक सहयोग पनि श्रीमानको उपचार गर्दा सकिएकोले पुन आर्थिक सहयोग जुटेमा काठमाण्डौं स्थित राम्रो अस्पतालमा थप उपचार गराउने र छोराछोरीलाई शिक्षा दिक्षा समेत दिने उहाँकी श्रीमती विनिताको भनाई छ ।
सामान्य परिवारका उहाँसँग अप्रेशन गर्ने पैसा थिएन । उपचार पश्चात् निको हुने आसमा दाजुभाई तथा आफन्तको सहयोग र ऋण गरेर अप्रेशन गरियो । अप्रेशन पश्चात् कम्मर मुनीको भाग लाटो र नचल्ने भएको आफन्तको गुनासो छ ।
सन्तानको उज्वल भविष्यको सपना बोकेर पैसा कमाउन विदेश गएका उनि त्यहाँ भने जस्तो कमाई नभएपछि घर फर्किएर शब्जि पसल र अप्रेशन अघि ढुंगानाले जिल्ला अस्पताल धनकुटामा सुरक्षागार्ड बसेर परिवार पाल्दै आएका थिए । यतीबेला परिवारको बिचल्ली भएको छ ।

 

तपाईको प्रतिक्रिया