धनकुटा  । जिल्ला अस्पताल धनकुटाको आईसोलेसन केन्द्रमा उद्योग वाणिज्य संघ धनकुटाले गुर्जो र खानेपानी निःशुल्क वितरण गरेको छ ।
औद्योगिक ग्राममा स्थापना गरिएको आईसुलेशन सेन्टर र क्वारेन्टाईनमा रहेका विरामीहरुका लागि स्वच्छ पिउने पानीको समस्या भएकाले धनकुटा उद्योग बाणिज्य संघले मिनिलर वाटर र जडिबुटीका रुपमा रहेको गुर्जो निःशुल्क वितरण गरेको हो ।
जिल्ला अस्पताल धनकुटाका निमिक्त सुपरीटेन्डेन्ट डाक्टर पुजन विश्वकर्माका अनुसार संक्रमितहरुसँगको सम्पर्कमा रहेका एकसय ३९ जनाको पीसीआर परिक्षणका लागि स्वाव संकलन गरी धरान स्थित विपि क्याममा पठाईसकिएको छ ।
धनकुटामै कोरोना संक्रमितलाई उपचारकालागि धनकुटा नगरपालिका वडा नम्वर ६ स्थित निर्माणधीन औद्योगिक ग्राममा ४० वेडको आईसोलेसन वार्ड निर्माण गर्ने कोभिड १९ जिल्लास्तरीय सीसीएमसीको बैठकको निर्णय पश्चात हाल २० वेडको आईसोलेसन वार्ड स्थापना गरी जिल्ला मै संक्रमितले उपचार गर्न पाउँदा सबैलाई राहात मिलेको छ ।
आगामी केहि महिना मै जिल्ला मै पिसिआर ल्याव परिक्षण मेसिन जडान गरि भेन्टिलेटर सहितको सेवा विस्तार गर्नका लागि केन्द्रबाट एक करोड रुपैयाँ छुट्याईसकिएको पत्र समेत प्राप्त भईसकेकाले जिल्ला वासिहरुमा खुसि छाएको छ ।
हाल नव निर्मित आईसोलेसनमा १९ जना संक्रमितलाई राखि जिल्ला अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी र धनकुटा नगरपालिका स्वास्थ्यकर्मीहरुको टोलीको निगरानीमा उपचार गराईरहेको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसीप्रसाद गुरागाईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया