धनकुटा ।  धनकुटा जिल्लामा जारी गरिएको निशेधाज्ञालाई निरन्तरता दिदै आगामी भदौ २२ गते राती १२ बजे सम्मका लागि लम्बाईएको छ ।
जिल्ला प्रसाशन कार्यालय धनकुटाले जिल्लालाई भदौ ११ गते राती १२ बजे देखि भदौ १७गते राती १२ बजे सम्मकालागिनिशेधित क्षेत्र घोषणा गर्दै निशेधाज्ञा जारी गरेको थियो ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ को संक्रमण धनकुटा जिल्लाका साथै छिमेकी अन्य जिल्लाहरुमा पनि निरन्तर बढिरहेकाले संक्रमण रोकथामका लागि भन्दै प्रशासनले संक्रामक रोग ऐन २०२० अनुसार धनकुटा जिल्ला भरी लागु हुने गरी आज राती १२ बजे देखि आगामी भदौ २२ गते राती १२ बजे सम्मकालागि उक्त निषेधित क्षेत्र घोषणालाई निरन्तरता दिएको जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले जानकारी दिनु भयो ।
कोभिड १९ रोगको संक्रमण नियन्त्रण र व्यावस्थापन गर्नका लागि निशेधित क्षेत्र घोषण गरिए पनि औषधी पसल बाहेकका अन्य खाद्य बस्तुका पसल बिहान७ बजेदेखि १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजे सम्म स्वास्थ्य प्रोटोकललाई ध्यानमा राख्दै संचालन गर्न पाइने विज्ञप्तिमा उल्लेख छ ।
ढुवानी, खाद्यान्य, एम्बुलेन्स, दमकल, दैनिकी उपभोग्य खाद्य पदार्थ, कृषिजन्य, पशुजन्य सेवाहरु यथावत संचालनमा रोक लगाइएको छैन तर जिल्ला सिमानाकामा अत्यावाश्यक सेवा बाहेकका सबै यात्रु बाहक सवारी साधनको प्रबेश निषेध गरिएको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ ।

तपाईको प्रतिक्रिया