धनकुटा ।  राष्ट्रिय बाल दिवस २०७७ काे अवसरमा काेराेना भाईरस काेभिड १९ ले बालबालिकामा पारेकाे असर र सराेकारवालाकाे भुमिका विषयक जिल्ला स्तरीय अनलाईन बतृत्वकला प्रतियाेगिता जुम मार्फत आज सञ्चालन हुने भएकाे छ ।

सामुदायिक विकास मञ्च नेपालकाे अायाेजना तथा मानव अधिकार मञ्च, नेपाल ईलामकाे सहयाेगमा उक्त प्रतियाेगिता सञ्चालन हुने भएकाे हाे । प्रतियाेगिता दुई चरणमा हुनेछ । पहिलाे चरणकाे अाज भदाै १८ गते १२ बजिबाट जिल्ला स्तरीय प्रतियाेगिता र आगामि भदाै २९ गते राष्ट्रिय बालदिवसकाे दिन दाेस्राे चरणकाे प्रदेश स्तरीय प्रतियाेगिता गरिने परियाेजनाका फाेकल पर्सन सावित्रा राईले जानकारी दिनुभयाे ।

उहाँका अनुसार जिल्लामा पहिलाे हुनेलाई प्रदेश स्तरीय प्रतियाेगितामा सहभागी गराईनेछ ।

यस सस्थाले आफ्नो स्थापना कालदेखि नै बालबालिकाको विविध क्षेत्र बाल बचाउ, बाल विकास, बाल संरक्षण, बाल सहभागिता लगायतको क्षेत्रमा विविध कामहरू गर्दै आइरहेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बाल दिवसहरु पनि विविध कार्यक्रम गरि भब्य रूपमा मनाउदै आइरहेको सन्दर्भमा यो वर्ष कोरोना भाइरस (covid-19) ले विश्व आक्रान्त पारिरहेको समयमा प्रत्यक्ष उपस्थित भएर दिवस मनाउने अवस्था नभएकाले जुम मार्फत प्रतियाेगिता सञ्चालन गरेर बालदिवस मनाउन लागिएकाे आयाेजक संस्थाका अध्यक्ष भिम बहादुर बस्नेतले बताउनु भयाे ।

लामो समय देखि बालबालिकाहरु विधालय जान पाइरहेका छैनन् र कुनै पनि क्रियाकलापमा भाग लिन नपाईरहेको यो विषम परिस्थितिमा बालबालिकाहरुलाई प्रविधिको सिकाई, प्रयोग सङ्गै प्रतिभाको प्रस्फुटन गराउने उद्देश्यले जिल्ला स्तरीय अनलाइन zoom वक्तृत्वकला प्रतियोगिताकाे आयाेजना गरिएकाे हाे । प्रतियाेगितामा १८ वर्ष मुनिका बालबालिकाहरुलाई मात्र सहभागी गराईने आयाेजक संस्थाले जनाएकाे छ ।

जिल्ला स्तरीय प्रतियोगिताको पुरस्कारहरु प्रथम, दोस्रो र तेस्रोलाई रु १,५००, रु १,००० र रु ५०० पुरस्कार तथा प्रमाण पत्र रहेको छ भने प्रदेश स्तरीय प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई प्रमाण पत्रका साथमा रु १५,०००, रु १०,००० र रु ५,००० नगद पुरस्कार उपलब्ध गराईने छ ।

सहभागी विध्यार्थीहरूलाई गत भदौ १६ गते नै zoom id, password उपलब्ध गराईसकिएकाे छ । प्रविधिबाट टाढा रहेका बालबालिकाकाहरुलाई समेट्न नसकेकोमा आयाेजक संस्था क्षमा याचनाका गर्दै दुख प्रकट गरेकाे छ ।

तपाईको प्रतिक्रिया