इटहरी । विद्यार्थीहरुको पढ्न पाउनु पर्ने अधिकारको सुनिश्चत गर्न महामारीले सिर्जना गरेको प्रतिकुल परिस्थितमा पनि बैकल्पीक प्रमालीको प्रयोग गरि उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल सुनसरीले कक्षा ११को अनलाईन अफलाइन भर्ना लिन सुरु गरेको छ ।
हिसान सुनसरीले एक प्रेस विज्ञप्ती जारी गर्दै नेपाल सरकारले बैकल्पीक सिकाई सहजिकरण निर्देशिका परिमार्जन गरी शुल्क सम्वन्धीत जिम्मेवारी र दायित्व स्थानीय सरकालाई दिने गरी अनलाईन कक्षालाई मान्यता दिएको कुरा सार्वजनिक भए बमोजिम भर्ना लिन सुरु गरेको जनाएको हो ।
बन्दाबन्दीको केन्द्रिक्रित रुप परिवर्तन भई स्थानीय सरकारका बन्दाबन्दी र जिल्ला प्रशासन कार्यालयका निषेधाज्ञाको होडबाजीका बीच परिक्षा नियन्त्रण कार्यालयले एस ई ई को नतिजा प्रकाशित गरिसकेछ । एस ई ई उत्तिर्ण विद्यार्थीहरुको कक्षा ११मा भर्ना लिई पढ्न पाउने उनीहरुको आधाभुत अधिकारको सुनिश्चतताका लागि हिसान सुनसरीले भर्ना लिन थालेको हिसान सुनसरीका सचिव सागर भट्टराईद्धारा हस्ताक्षरित विज्ञप्तीमा जनाइएको छ । सो विज्ञप्तीमा हिसान सुनसरी आवद्ध शिक्षालयहरुलाई यही भाद्र १७ गते देखि अनलाईन अफलाईन भर्ना लिन तथा आश्मिन ५ गतेबाट कक्षा ११को अनलाईन माध्यम कक्षा सञ्चालन गर्न भनिएको छ । नेपाल सरकारको भर्ना लिन पाउने तथा कक्षा सञ्चालन गर्न पाउने निर्णयलाई आधार मानेर भर्ना लिन थालिएको तथा कक्षा सञ्चालन हुने विषय सरोकारबाला सबैलाई जानकारी गराइएको छ ।

तपाईको प्रतिक्रिया