इनरुवा । समुदाय स्तरमै कोरोनाको जोखिम बढन् थालेपछि सामी परियोजना इनरुवाले भर्चुअलबाट बुधवार बैठक सम्पन्न गरेको छ । सामुदायिक विकास संस्था (सिडिओ) सुनसरीको आयोजनामा पहिलो पटक भर्चुअल बैठक सम्पन्न गरेको हो । कोरोनाको महामारीमा सामी परियोजनामा कार्यरत रहेका रिटर्नी स्वंयसेवकहरुको अवस्था बारे बुझन र कार्यक्षेत्रमा भएका चुनौतीहरुको बारेमा भर्चुअल बैठकमा छलफल भएको थियो । कोभिड १९ कोरोना भाइरसलाई रोकथाम तथा नियन्त्रण गर्न आ आफनो ठाउँबाट भूमिका खेल्नुपर्ने , इनरुवा नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा कार्यरत रहेका रिटर्नी स्वंयसेवकहरुले कोरोनालाई मध्यनजर गर्दै बैदेशिक रोजगारी गएका युवाहरुको समस्या तथा सवालका बिषयमा स्वंयसेवकहरुले समुदाय स्तरमा गरेकोे क्रियाकलाप बारेमा भर्चुअल बैठकमा प्रकाश पारेका थिए ।
इनरुवा नगरपालिका , भोक्राहा नरसिंह गाउँपालिका, सामुदायिक विकास संस्था (सिडिओ) सुनसरी र सामीको सहयोगमा सञ्चालनमा रहेको सुरक्षित वैदेशिक रोजगारका लागि आप्रवासी श्रोत केन्द्रलाई प्रभावकारी बनाउन सबैले भुमिका खेल्नुपर्ने सामीका जिल्ला अधिकृत देव नारायण चौधरीले अनुरोध गरेका छन् ।
कोरोनाको कहरमा बैदेशिक रोजगारमा गएका युवाहरुको समस्यालाई समाधान गर्न सामी परियोजना सहयोग गर्न तयार रहेकोले आ आफनो क्षेत्रमा समस्या पता लगाई समाधान गर्न तर्फ अग्रसर हुनुपर्ने जिल्ला अधिकृत चौधरीले बताएका छन् ।
जिल्ला अधिकृत चौधरीका अनुसार कोरोनाले गर्दा समाजमा भयावह स्थिती उत्पन्न भएकोले बैदेशिक रोजगारमा गई फर्केका युवाहरुको लागि सीपमूलक तालिम प्रदान गरी स्वरोजगार प्रवद्र्धन गर्नका लागि सामीले यस वर्ष फरक तरिकाले समुदायमा काम गर्ने बिश्वास ब्यक्त गरेको हो । भर्चुअल बैठकमा इनरुवा नगरपालिकाका ३ जना, भोक्राहा नरसिंह गाउँपालिकाका ३ जना गरी ६ जना रिटर्नी स्वंयसेवक , १ जना सामाजिक परिचालक र कार्यक्रम संयोजक १ जना गरी ८ जना सहभागीहरुले वर्तमान अवस्थाको बारेमा र कार्यक्षेत्रमा भोग्नुपरेको समस्या तथा चुनौतीका बारेमा आ आफना धारणा ब्यक्त गरेका थिए । सामी परियोजनाका कार्यक्रम संयोजक धिरज भट्टराईले वर्तमान अवस्था हेरी कार्य क्षेत्रमा काम गर्नुपर्ने बताएका छन् । समुदाय स्तरमै कोरोना फैलिएको हुदाँ सिडिओ सुनसरीले पहिलो पटक भर्चुअल बैठकबाट अगामी योजना तथा रणनीतीका बारेमा प्रकाश पारेको कार्यक्रम संयोजक भट्टराईले बताएका छन् । उनका अनुसार सामी परियोजनाले बैदेशिक रोजगारमा गएका वा जान चाहनेहरुलाई निःशुल्क परामर्श दिदैं आएकोले कोही कसैलाई समस्या भए उनीहरुलाई सहजिकरण गर्न कुनै बेला तयार रहेको छु ।

तपाईको प्रतिक्रिया