धनकुटा । प्रदेश सभा सदस्य कुसुम कुमारी श्रेष्ठ जुलि र उहाँका श्रीमान  नयन श्रेष्ठले २४ दिन पछि कोरोनालाई जितेर धनकुटा आउनु भएकाे छ । २४ दिनको आइसुलेसन बसाई पछि प्रदेश सभा सदस्य श्रेष्ठ र उहाँका पति कोरोना मुक्त हुनु भएकाे हाे । संसद दम्पतीलाई कोरोना संक्रमण पुष्टी भए पछि उहाँहरुको संम्पर्कमा आएकाहरुको कन्टाक ट्रेसिङ्ग गर्दा अन्यमा भने कोरोना नदेखिएकाे स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसि प्रसाद गुरागाईले जानकारी दिनुभयाे ।

तपाईको प्रतिक्रिया