इनरुवा । इनरुवा नगरपालिका नगर प्रमुख राजन मेहता आफैं सडकमा आएर बजार बन्द गराउँदै हिडेका छन् । कोरोनाको जोखिम बढ्दै गएकोलाई मध्यनजर गर्दै इनरुवाका मेयर मेहताले सडकमा ओर्र्लिएर बजार क्षेत्र बन्द गराउँदै हिडेपछि सर्वसाधारणहरु चकित भएका थिए । मेयर मेहता आफै सडकमा आएर सर्वसाधारणहरुलाई घरमा बस्न र कोरोनाको जोखिमलाई मध्यनजर गर्दै सुरक्षित रहन अनुरोध गर्दै बजारमा भिडभाड नगर्न सर्वसाधारणहरुलाई अनुरोध गरेका छन् । स्थानीय प्रशासन र इनरुवा नगरपालिकाले भदौं १७ गतेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेपनि बजार क्षेत्रका पसलहरु खोलेको र सर्वसाधारणहरुले आउजाउ गरेको देखेपछि मेयर मेहताले आफै सडकमा नगर प्रहरी सहित बजार क्षेत्र बन्द गराउँदै हिडेका थिए । स्थानीय प्रशासन र नगरपालिकाले गरेको निर्णयलाई अटेर गर्नेलाई कार्वाही गर्ने समेत नगर प्रमुख मेहताले बताएका छन् । सोमवार बेलुका इनरुवामा एकैचोटि २६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगर प्रमुख मेहताले आफै सडकमा आएर नगर प्रहरी सहित बजार क्षेत्रमा कडाई गरेको बताइएको छ । बिभिन्न समयमा नगर प्रमुख मेहताले खेल्ने भुमिका फरक फरक भएकोले मंगलवार मेयर मेहता फेरी फरक भूमिकामा आफै बजार क्षेत्र बन्द गराउँदै हिडेका छन् । कोरोनाको महामारीमा सर्वसाधारणहरुले अपनाउनु पर्ने सर्तकता नअपनाएर बजार क्षेत्रमा हिडडुल गर्ने गरेको र सर्वसाधारणहरुले प्रवेश गर्ने गरेकोले कोरोनाको जोखिम बढ्दै गएकोले समयमा सावधानी अपनाउन जरुरी रहेको मेयर मेहताको कथन छ ।
इनरुवा नगरपालिकामा दिनप्रतिदिन कोरोना संक्रमण पुष्टिको संख्या बढ्दै गएकोले होम आइसोलेसनमा बसेर सहयोग गर्न पनि अपिल गरेका छन् । सोमवार एकै दिन २६ जनाको रिपोर्ट पोजेटिभ आएकोहरुलाई आइसोलेसन केन्द्रमा उपचारका लागि पठाएकोले वहाँहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु उनले भने कोरोनालाई छिटो भन्दा छिटो जितेर आउने बिश्वास ब्यक्त गर्दछु । मेयर मेहताका अनुसार कोरोनाको जोखिमबाट जोगिन सबैले सावधानी अपनाउन आवश्य रहेको छ । बजार क्षेत्रमा आउजाउ नगर्न र पसल खोल्ने ब्यापारीलाई कार्वाही समेत गर्ने गरेकोले अब थप कार्वाही गर्ने चेतावनी मेयर मेहताले दिएका छन् । आज बुधवार स्थानीय प्रशासन र नगरपालिकाले गरेको निषेधित क्षेत्र घोषणाको समय अवधि सकिने भएपनि अब के गर्ने बिषयमा कुनै अधिकारीकक जानकारी आउन सकेको छैन् ।

तपाईको प्रतिक्रिया