एकै परिवारका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रूपन्देहीको रोहिणी गाउँपालिकामा गत भदौ ६ गते मृत्यु भएका व्यक्तिको परिवारका १५ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । रोहिणी गाउँपालिका वडा नं. ३ का ५३ वर्षीय मृतकका परिवारका सदस्य, घरमा काम गर्ने कामदार र गाडी चालकसमेत गरी १५ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । संक्रमित हुनेमा ८ जना पुरुष र ७ जना महिला रहेका छन् ।

तपाईको प्रतिक्रिया