काठमाडौ ।  आज थप ११ सय २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यो सगै नेपालमा संक्रमितको संख्या ४१ हजार ६४९ जना  पुगेको छ ।नेपालमा मृतकको संख्या  २५१ जना पुगेको छ ।  पछिल्लो २४ घण्टामा थप ११ सय १२ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २३ हजार २ सय ९०  जना रहेका छन् । बुधबार काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९  संक्रमित थपिएका छन्। देशभर ७६१५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया