धरान/ धरानमा थप एक कोरोना संक्रमितको मृत्यू भएको छ । सिरहाको मिर्चैया नगरपालिका ६ का ५५ वर्षीय पुरुषको कोरोनाभाइरस संक्रमणका कारण धरानमा मृत्यु भएको हो ।
मधुमेह तथा उच्च रक्तचापका बिरामीसमेत रहेका उनको धरानमा उपचारका क्रममा निधन भएको हो ।
उनलाई १० भदौमा अस्पतालमा भर्ना गरिएको थियो । उनको ८ भदौमा गरिएको परीक्षणमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो ।

 

तपाईको प्रतिक्रिया