राजमार्गको अन्तर्गत इलामको फिक्कल किटेनी सडक खण्ड अबरुद्ध भएको छ । गएराती देखि परेको अविरल बर्षाका कारण रोङ गाउँपालिकाको कोल्बुङ भालुझोडामा पहिरो झर्दा बिहान देखि सडक अबरुद्ध भएको हो ।

सडकमा पहिरोका झरेका कारण झापा बाट इलाम, पाँचथर र ताप्लेजुङ चल्ने सवारी साधन तथा यी ठाउ बाट झापा झर्ने यातायातका साधन ठप्प भएको छ । सडक सुचारु गर्ने काम भइरहेको भएपनि केहि समय लाग्ने जिल्ला ट्राफिक कर्यालय इलामले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया