इनरुवा । जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति सुनसरीमा एकिकरणको बिषयमा विवाद उत्पन्न भएको छ । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी बिच २०७७ बैसाख १० गते भएको एकिकरण प्रक्रिया बिपरित सुनसरी जिल्लामा दुई पार्टी समायोजन बिच विवाद देखिएको हो । दुई पार्टीको एकिकरण पश्चात दवै पार्टीले छुट्टा छुटै बैठक तथा भेला नगर्न नगराउन पार्टी समायोजन निर्देशिकाले स्पष्ट पारेपनि त्यस बिपरित राजपा नेपाल सुनसरी जिल्ला तदर्थ समिति गठन गरिएको प्रति जनता समाजवादी पार्टी सुनसरीले सो बिषयमा गम्भिर ध्यनाकर्षण भएको जनाएको छ । तत्कालिन राजपा नेपाल सुनसरी अध्यक्ष मण्डलको तर्फबाट दिनेश कुमार मेहता, सुब्बालाल मेहता, राकेश मेहता र रघुनाथ मेहताले संयुक्त रुपमा प्रेश बिज्ञप्ती जारी गर्दै समायोजन निर्देशिका बिपरित देवनारायण यादवको नेतृत्वमा राजपा नेपाल जिल्ला तदर्थ समितीको भेला बोलाई एक पक्षिय रुपमा राजपा नेपालकै जिल्ला समिति गठन गरेको हुँदा उक्त बैठक तथा समिति अबैधानिक र पार्टी एकिकरण भावना बिपरित रहेकोले त्यस्ता कार्य प्रति जनता समाजवादी पार्टी सुनसरीले घोर निन्दा गरेको छ । पार्टी एकीकरण घोषणा भइसकेपछि पनि तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालका केही नेता तथा कार्यकर्ताहरु मिली आफनो स्वार्थपुर्तीका लागि एक पक्षीय रुपमा समिति खडा गर्नु निन्दनीय तथा अवाञ्चित कार्यको निम्ती सोझा सिधा कार्यकर्ताहरुलाई भडकाउने कार्यमा संलग्न भएका ब्यक्तिहरुको पहिचान गरी आवश्यक कार्वाहीको लागि जनता समाजवादी पार्टी केन्द्रिय कार्यकारिणी समितिलाई सिफारिस गरिएको जारी प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ । यता तत्कालिन राष्ट्रिय जनता पार्टीका केन्द्रिय प्रवक्ता तथा जनता समाजवादी पार्टीका नेता सन्तोष कुमार मेहताले सुनसरीमा गठन भएको तदर्थ समिति बैधानिक भएको जिकिर गर्नुभएको छ । सुनसरीमा २०७६ कार्तिक ३० गते नै राजपाको अध्यक्ष मण्डल बिघटन भएकोले पार्टीमा केही नेता तथा कार्यकर्ताहरु असन्तुष्ट रहेकोले बहस र छलफलबाट अगाडी बढ्ने नेता मेहताको तर्क छ । जनता समाजवादी पार्टीको लेटरप्याडमा प्रेस बिज्ञप्तीमा निकाल्नु नै अवैधानिक भएको र लेटरप्याडको दुरुपयोग गरेको जसपाका नेता मेहताले बताउनुभयो । प्रेस बिज्ञप्तीको कुनै औचित्य नरहेको र केन्द्रिय कार्यालयको निर्देशन अनुसार जसपा नेपाल सुनसरीले गठन गरेको तदर्थ समिति नै अधिकारीक भएको नेता मेहताले बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया