इटहरी/ सुनसरीको इटहरी स्थित इटहरी नमुना कलेज विद्यार्थीहरुको रोजाईमा पर्ने पहिलो कलेजको रुपमा स्थापित भएको छ । प्रदेश १ मा निजी क्षेत्रमा सवैभन्दा वढी शैक्षीक कार्यक्रम सञ्चालन गर्ने पहिलो शैक्षिक संस्थाको रुपमा दर्ज भएको यस कलेजमा विद्यार्थीको मनोभावना अनुरुप अध्ययापन गराउदै व्यवहारिक र प्रयोगात्मक शिक्षा प्रदान गर्दै आएको कलेजले कक्षा ११ बाट नै कानुन विषयको पढाई सुरु गर्ने भएको छ । सुनसरीमा पहिलो पटक प्लस टु मा कानूनको पढाई सुरु गर्न लागिएको इटहरी नमुना कलेजका प्राचार्य धर्म न्यौपानेले बताए । अब ११ र १२ देखि नै कानुन विषय पढ्न पाउने छन् प्लस टु बाट नै कानुन विषय पढ्न पाउने भएकोले समय र पैसा दुवैको बचत हुने भएको छ । मुलुक संघीयतमा गए सँगै तल्लो निकायमा समेत न्यायिक अधिकार रहेकोले सबैतिर कानुनी कुराहरू जान्नुपर्ने भएको र अहिले कानुन विषयमा स्कोप समेत भएकोले विधार्थिहरुको यो विषयमा आकर्षण देखिन्छ । प्लस टु मा विज्ञान, व्यवस्थापन , मानविकि ,शिक्षा र होटल म्यानेजमेन्ट कक्षाहरु पनि सञ्चालन गर्दैै आएको छ । इटहरी लगायत आसपासका क्षेत्रका कलेजहरुमा नभएका विषयहरु समेत समावेश गरेको नमुना कलेजमा इटहरीवाट मात्र नभइ टाढाटाढाका विद्यार्थीहरु समेत अध्ययनका लागि आउने गरेका छन् । यस्तै स्नातक तहमा वि.वि.ए, वि .एस. डब्लु., वि.सि.ए., वि.एच.एम वि.वि.एसका कोर्षहरु सञ्चालन गर्दै आएको छ । यो कलजेका कतिपय कोर्षहरु इटहरीका अन्य कलेजहरुमा नभएका कारण पनि यस प्रति विद्यार्थीहरु यी कोर्ष पढ्नका लागि लइटहरी सम्म आईपुग्ने गर्दछन् । यस कलेजको आकर्षक भौतिक संरचना, प्रविधिले सुसजित विद्यार्थी मैत्री कक्षाकोठा, अतिरिक्त पठन पाठन सामाग्री सहितको लाइब्रेरी, र विधार्थिमैत्री वातावरणले पनि विधार्थिको आकर्षण देखिन्छ ।दक्ष जनशक्ति उत्पादन इटहरी नमुना कलेजको प्रमुख लक्ष्य र उद्धेश्य रहेको छ । शिक्षा क्षेत्रमा समर्पित र अनुभवी शिक्षक तथा ब्यवस्थापकहरु रहेको यस कलेजमा विद्यार्थीहरुको व्यक्तित्व विकासका लागि खेलकुद को सुविधा समेत उपलब्ध गराएको सहायक क्याम्पस प्रमुख मुक्तीराज सुवेदी ले जानकारी दिनुभयोे । विद्यार्थीहरुको बौद्धिक विकासकालागि विभिन्न प्रकारका प्रतियोगिताहरुसमेत आयोजना गर्दै आएको छ । पठनपाठनका आधुनिक पद्धतीहरु अवलम्वन गर्दै यस कलेजले प्रयोगात्मक क्रियाकलापहरुलाई पनि उत्तिकै जोड दिँदै आएको छ ।

 

तपाईको प्रतिक्रिया