नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शोभाखर चापागाईको कोरोना सङ्क्रमणबाट निधन भएको छ । उनि श्वासप्रश्वास र दमको समस्या भएपछि यही भदौ ६ गते भरतपुर अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा सोमबार विहान उनको निधन भएको अस्पतालले जनाएको छ ।
भरतपुर महानगरपालिका वडा नं ६ का नेतालाई भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ । उनि ज्येष्ठ कम्युनिष्ठ मञ्च चितवनको सदस्य थिए । कम्युनिष्ट नेता एवं उनका समकालीन विष्णु घिमिरेका अनुसार चापागाई विसं २०२५ मा गठित ननसेन्टरबाट राजनीतिमा आबद्ध भएका हुन् ।

तपाईको प्रतिक्रिया