इटहरी । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीको कपिलबस्तु अन्तरगत जिल्ला प्रहरी कार्यालयमा सरूवा भएको छ ।

प्रहरी प्रधान कार्यालय काठमाण्डौले एकै पटकमा ७२ जना डिएसपीको सरूवा गरे संगै इटहरीका डिएसपी भण्डारीको पनि कपिलबस्तु सरूवा भएको हो ।

उनको स्थानमा  केन्द्रिय अनुसन्धान ब्युरो , चोरी अपराध अनुसन्धान महाशाखा काठमाडौबाट अर्का डिएसपी अर्जुन केसी आउने भएका हुन ।

तपाईको प्रतिक्रिया