सुनको भाउ सामान्य बढेको छ । यस दिन सुनको भाउ प्रतितोला ३ सय रुपैयाँ बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँमा आएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको छ ।

यसदिन चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँ पुगेको छ । यसअघि आइतबार छापावाल सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँ रहेको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७ सय रुपैयाँ निर्धारण भएको थियो । चाँदी प्रतितोला १३ सय ४० रुपैयाँ कायम भएको थियो ।

तपाईको प्रतिक्रिया