चितवन/ चितवनलाई मेडिकल सिटी भन्ने गरिएको भरतपुरमा रातभर भौतारीदा समेत उपचार नपाउँदा आईतवार विहान होमबहादुर गुरुङको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका ३, शिवमन्दिरका ५४ वर्षका गुरुङ शनिवार साँझा करिब ११ बजे तिर एक्कासी बेहोस् भएपछि नजिकैको कालीगण्डकी अस्पताल कावासोतीमा उपचार गर्न लगिए थियो । स्वास्थ्यमा कुनै सुधार नभईका कारण कालीगण्डकी अस्पतालले गुरुङलाई उपचारको लागी भरतपुर लैजान भनेकाे थियाे। रातिको १ बजे परिवारले विरामीलाई भरतपुरको चितवन मेडिकल कलेजको शिक्षण अस्पताल (सिएमसी) मा ल्याए । अस्पतालले सामान्य बेर्ड समेत खाली नभएको भन्दै उनलाई एम्बुलेन्स बाटनै आर्को अस्पताल जान भन्यो ।तर होमबहादुरका भाई टेक प्रसादका अनुसार भरतपुरको नारायणी सामुदायीक अस्पताल, मनकामना अस्पताल , कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) ले पनि उनीहरुलाई आईसीयु आवश्यक रहेको र आफुहरु संग नभएको, चिकित्सकलाई कोरोना देखिएकाले आईसोलेशनमा वसेको भन्दै उपचार गन मानेनन्।यसरी अन्य अस्पतालमा सेवा नपाए पछि उनीहरु चितवन मेडिकल कलेज नै फर्कीए । अघिलो पटक फकाएको अस्पतालले उनीहरुलाई यस पटक पनि सेवा दिन मानेनन्। उनीहरु त्यस पछि उनीहरु भरतपुर अस्पताल (सरकारी अस्पताल) पुगे त्यहाँ पनी उनीहरुले उपचारको लागी निकै मेहेनत गरे । प्रहरीको फोन नम्बर सयमा फोन गरे पछि अस्पतालले विरामी त लियो तर आइसीयू ÷ भेन्टिलेटर नभएकाले जोखिम लिएर इमेजेन्सी सेवा लिने भए मात्र गछौ भने पछी परिवारले जोखिम नै लिएर उपचार गराउन तयार गरियाे। केही समय इमेरजेन्सी सेवामा राखेर उपचार दिदै गर्दा उनीहरुलाई आफ्न्त बाट चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा आईसियू खालि भएको जानकारी पाए । एम्बुलेन्समा डुलाउँदा डुलाउँदै विरामी झनै सिकिस्त भए । यस पटक चितवन मेडिकल कलेज ल्याउदाँ उनलाई ज्वरो थियो । सामान्य अवस्थामा रहेको उनको शरीरको तापक्रम अस्पताल डुल्दाडुल्दा १ सय १ डिग्री देखियो त्यस पछि उपचार गर्न अस्पतालले थप आलटाल गरेको आफन्तको गुनासाे रहेकाे छ ।
ज्वरो आएको भने पछि होमबहादुर गुरुङ नजिक परिवार बाहेक कोही परेनन् ।अन्तत उपचार नपाएर उनको मृत्यु भएको परिवारले सिनर्जी एफ.एमलाई जानकारी दिएकाे बताए।परिवारले अहिले शब बुझेर घर लगेको छ । चितवन मेडिकल कलेजको शिक्षण अस्पतालका निर्देशक डा.दायारम लम्साल अस्पतालहरुमा समन्वय नहुँदा यस्तो भएको उहाँको भनाई छ सरकारि असपतालमा अाेपेडिमा कुनै काेराेना भेटिएकाे छैन तर बन्द छ ।ईमर्जेन्सीमा मात्र अाठ जनालाई काेराेना देखिपछि बन्द भएकाे हाे।यहीँ शाखा मात्र शिल गनुपने हाे।तर जराेका लागि छुट्टै किलनिक छ तर उनिहरु पनि जाचाउन काहां छ।उपचार गराउन मानदैनन् ।काेराेना लागेका असपतालकै डाक्टरहरु भने प्राईभेटमा जाने गरेका गुनासाेहरु छन् ।यसैले पनि हामी संचेत हुनुपर्छ भनने श्राेतकाे दावि रहेकाे छ।

तपाईको प्रतिक्रिया