वि.पि कोइरालाको १०७औँ जन्मजयन्तीको अवसरमा ‘टिकटक’, बक्तृत्वकला र चित्रकला प्रतियोगिता सुरु भएको छ । वि.पि कोइराला युवा नेतृत्व विकास मञ्च सुनसरीको आयोजनामा प्रतियोगिता भएको हो । भर्चुअल माध्यममा हुने प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कार प्रदान गरिने मञ्चले जानकारी दिएको छ । कोरोना भाइरसको महामारीमा भौतिक रुपमा कार्यक्रम गर्दा कोरोना संक्रमण फैलने भएकाले भर्चुअल माध्यममा कार्यक्रम गरएको मञ्चले बताएको छ ।

प्रतियोगितामा सहभागि हुन चाहनेले केही सर्त पनि पुरा गर्नुपर्ने आयोजकले बताएको छ । वक्तृत्वकलामा सहभागि हुन चाहनेले ‘देश विकास र राजनितिमा युवाको भुमीका’ शिर्षकमा ३ मिनेटको भिडियो बनाएर पठाउनु पर्ने छ । साथै सहभागीले नेपाली तथा अंग्रेजी दुवै भाषामा पठाउन पाउने छन् । वक्तृत्व पठाउँदा सम्बोधन गर्नु नपर्ने, शिष्ट, सभ्य र मर्यादित भाषाको प्रयोग गर्नुपर्ने र वक्ताको अनुहार देखिएको हुनुपर्ने आयोजकले जनाएको छ ।

त्यस्तै चित्रकलामा सहभागी हुन चाहनेले वि पि कोइरालाको चित्र बनाएर पठाउनुपर्ने छ । वि पि को चित्र बनाउँदा रंग प्रयोग गर्न पाइने छ । यसैगरि ‘टिकटक’मा सहभागी हुनेले कोरोना भाइरसलाई विषयवस्तु बनाएर भिडियो पठाउनु पर्ने छ । भिडियो कोरोनाको लक्षण, बच्ने उपाय, कोरोना संक्रमितलाई गर्ने दुव्र्यावहार, स्वास्थ्यकर्मीको मनोभावना र कोरोना सम्बन्धी अन्य विषयवस्तुमा केन्द्रित हुनपर्ने छ ।

 

प्रत्येक प्रतियोगितमा प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश. ८ हजार, ४ हजार र २ हजार पुरस्कार प्रदान गरिने वि.पि कोइराला युवा नेतृत्व विकास मञ्च सुनसरीले जानकारी दिएको छ । सहभागी हुन इच्छुकले आफ्नो प्रतिभा Vibeer/Whatsapp नम्बर 9814346660, 9819020427, 9843668190 र 9800994225 वा [email protected] मा इमेल पठाएर सहभागी हुन पाउने छन् ।

तपाईको प्रतिक्रिया