श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल भाद्र महिनाको १५ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अगष्ट महिनाको ३१ तारिख, सोमवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

Lord Shiva

सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत भाद्रशुक्लपक्षको त्रयोदशी तिथि बिहान ८।३८ बजेसम्म रहनेछ । यो महिनाका देवता हृषिकेश र मासदेवी अपराजिता हुन् । सूर्य सिंह राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । श्रवण नक्षत्र दिवा ३।५५ बजेसम्म रहनेछन् । यसैगरी आज शोभन योग र तैतिल करण रहेका छन् । आज सूर्योदय बिहान ५।४२ मा छ भने सूर्यास्त बेलुका ६।२४ बजे हुनेछ । चन्द्रमा आज मकर राशिमा रहेका छन् ।

आज सोमवार शिवजीको उपासनाका साथै सेता वसतुको प्रयोग लाभदायी रहनेछ । यसैगरी आज चन्द्रजन्य दोष निवारणका निम्ति आज ॐ सों सोमाय नमः भन्ने मन्त्र जापका साथै चन्द्रसूक्त पाठ एवं दानका कार्य लाभदायी रहनेछन् । यसैगरी आज राति ४।२३ बजेबाट पञ्चक पनि आरम्भ हुनेछ ।

तपाईको प्रतिक्रिया