काठमाडौं । कुनैपनि बैंकको एटीएमबाट पैसा निकाल्दा थप शुल्क नलाग्ने भएको छ । यसअघि कोरोनाको संक्रमणकालमा मात्रै यो व्यवस्था लागू गर्न बैंकहरुलाई निर्देशनजारी भएपनि

अब सँधैका लागि निशुल्क गर्न राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले निर्देशन दिएको छ । लकडाउनका बेला बैंकर्स संघले नै शुल्क नलिने बताएको थियो ।लकडाउन खुलेपछि पुनः शुल्क लिन थालिएपनि राष्ट्र बैंकले कोरोना महामारीको बेलासम्म भन्दै निःशुल्क गर्न मौद्रिक नीतिमै व्यवस्था गरिएको थियो ।

ग्राहकको भिड कम गर्न र डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भन्दै यस्तो निर्देशन गरिएको राष्ट्र बैंकले बताएको छ ।

तपाईको प्रतिक्रिया