मोरङ । मोरङको सुन्दरहरैचा नगर पालिका क्षेत्रको सडक खाल्ड खुल्डी मर्मत कार्य सुरु गरिएको छ  ।सुन्दरहरैंचा नगरपालिका भित्र पर्ने लोकमार्गको जीर्ण अवस्थामा रहेको सडक सुन्दरहरैंचा नगरपालिका द्वारा पहल गरिएको थियो ।   गर्ने सडक  निर्माणको क्रममा  सामाग्री गुणस्तरहिन भएको र निर्माण कार्यमा अनियमितता भएको भन्दै स्थानीयबासीले विरोध गरेका थिए। मापदण्ड विपरित काम गरेर झारो टार्ने काम गरेको भन्दै स्थानीयबासीले निर्माण सामग्री सहित मजदुरहरुलाई फर्काइदिए पछि  पुनः गुणस्तरीय सामाग्री ल्याएर मजदुरहरुद्वारा निर्माण कार्य सञ्चालन भएको छ। यस विषयमा स्थानीयवासी त्यसैगरी स्थानीय निकायको खबरदारी गर्न जरुरी देखिएको सुन्दरहरैंचा नगरपालिका वडा नं ७ का वडाध्यक्ष चैतन्य सिटौलाले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया