धनकुटामै कोरोना संक्रमितको उपचार गर्न थालिएकाे छ । विश्बभर नै महामारिकाे रूपमा फैलिरहेको कोरोना भाईरस काेभिड १९ संक्रमितको उपचार धनकुटामा नै हुन थालेकाे छ । धनकुटा अस्पतालका प्रमुख डा. पुजन विश्वकर्माका अनुसार हालै सम्पन्न जिल्ला कोभिड १९ जोखिम व्यवस्थापन केन्द्र (डिसीसीएमसी) बैठकले धनकुटा नगरपालिका वडा नं. ६ स्थित औद्योगिक ग्राममा ४० वटा आईसोलेशन कक्ष स्थापना गरी संक्रमितकाे उपचार गर्ने निर्णय भए लगतै आईसोलेशन कक्ष स्थापना गरि आज आईतबारबाट उपचार शुरू गरिएकाे छ । धनकुटामै कोरोना संक्रमितको उपचार गर्न उक्त आईसुलेशन कक्ष प्रदेश सरकारको आर्थिक सहयोगमा धनकुटामा स्थापना गरिएकाे जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएकाे छ ।
जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी तथा डीसीसीएमसीका अध्यक्ष केशव प्रसाद बिमलीको अध्यक्षतामा सम्पन्न बैठकमा कोरोना भाईरस नियन्त्रण तथा रोकथाम सम्बन्धि छलफल गरिए अनुरूप संघीय सरकारबाट ६ वटा भेन्टिलेटर र ४ वटा आईसियू सहित १० वार्ड स्थापना गर्नका लागी दुई करोड रूपैयाँ र पीसीआर मेसिन खरिद गर्नका लागि थप एक करोड रुपैयाँ आएको अस्पतालका प्रमुख डा. पुजन विश्वकर्माले जानकारी दिनुभयाे । उक्त कक्ष स्थापना भएपछि कोरोना भाईरसबाट संक्रमित विरामीहरु उपचारका लागी बाहिर जानु पर्ने बाध्यताकाे अन्त्य भएकाे छ ।

तपाईको प्रतिक्रिया