इटहरी / हुनेले दिने र कम हुनेले लिने अभियान सहित प्रेस युनियन सुनसरीले शुरू गरेकाे फुड बैंक प्रभावकारी देखिएकाे छ । नेपालमा पहिलाेपटक पत्रकारका लागि स्थापना गरिएकाे फुड बैंक बाट ६० जना धेरै पत्रकारलेहरूले सेवा लिएका छन् । काेराेना महामारीले आर्थीक अवस्था कमजाेर हुदै गएका, काम छाड्न बाध्य भएका तथा समयमा तलब नपाएका सुनसरीका पत्रकारलाइ फुड बैंक मार्फत सहयाेग गरिइने प्रेस युनियनका अध्यक्ष पवन अधिकारी जानकारी दिए ।

राेगले भन्दा भाेकले मर्ने अवस्था आएकाले एक पत्रकारले अर्काे पत्रकारलाइ सहयाेग गर्ने अभियानले अब काेहि पत्रकार भाेकाे बस्नु नपर्ने उनकाे भनाइ रहेकाे छ । एउटा पत्रकारकाे परिवारलाइ १५ देखि २० देखि सम्म पुग्ने खाध्यान्न सामाग्री उपलब्ध गराएकाे उनले बताए । चालम, दाल, नुन, तेल लगायतका अति आवश्यक सामाग्री प्रदान गरिएकाे छ । साथै जन्म दिनकाे अवसरमा अध्यक्ष अधिकारीले प्रेस युनियन सुनसरीलाइ एक थान क्म्युटर प्रदान गरेका छन् ।

तपाईको प्रतिक्रिया