बिराटनगर / बिराटनगर महानगरपालिका वडा नम्बर १ श्री नगर टोला परोपकार घाट क्षेत्रमा सेनिटाइज गरीएको छ । कोराेना संक्रमणको त्रास बढिएको अवस्थामा संक्रमणलाई न्युनिकरण गर्ने हेतुले यो काम गरीएको हो । वडा न १ भित्र रहेका करिब ३५ घर सुकुम्बासी बस्ती मा आज सेनिटाइज गरीएको हो । यस क्षेत्रमा २ घरका सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि यन्य क्षेत्रमा कोरोनाको त्रास क मगर्नका लागी सेनिटाइज गरीएको निरज कटेलले जानकारी दिएका छन् । उनले आफ्नै अगुवाइमा गाउँलाई सेनिटाइज गरिरहेका छन् । यसमा प्रदेश सरकार र बिराटनगर माहानगरपालिका को समेत सहयोग रहेको छ ।

तपाईको प्रतिक्रिया