गणेश प्रसाद दुलाल / मुलुकको राजनीतिमा आफ्नै मौलिक अस्तित्व र पहिचान बोक्न सफल भैरहेको राप्रपा संयुक्त कमल थापाको राप्रपा संग मिल्ने क्रममा आफ्नो अस्तित्व समाप्त पार्दै छ । आखिर कुन शक्ति को दबाब ले राप्रपा संयुक्त का अध्यक्ष हरु पशुपतिशमशेर राणा र प्रकाश चन्द्र लोहनी लाई कमल थापा जस्तो पात्र र प्रवृत्ति संग मिल्न बाध्य पार्यो ? कार्यकर्ता हरुको प्रश्न छ ।
गएको एकता महाधिवेशनमा कमल थापा लाई पार्टीको नेतृत्व , नाम र चुनाब बुझाए यिनै राणा र लोहनी ले । राप्रपा कार्यकर्ता हरु चुप लागेर बसेकै थिए । फेरि अहिले फाल्गुन २४ गते राती १२ बजे कसैलाइ सुइको समेत नदिइ लाजिम्पाट स्थित लप्सी गार्डेनमा गएर कमल थापाले तयार पारेको जाली तमसुकमा सहि गर्न राणा र लोहनीले कार्यकर्ता लाई जवाफ दिनु पर्दैन ? के उनिहरु भगवान हुन ? हामि नेतृत्व को अालोचना चाहादैनौ यध्यपि हामि हलि,गोठाला पनि हैनौ।
अहिले एउटा चुनाव चिन्ह हलो समेत नस्विकार्ने कमल थापा ले भोलि राणा र लोहनी को नेतृत्व वा राप्रपा संयुक्तका कार्यकर्ता को अस्तित्व स्विकार्ला ? राप्रपा संयुक्तका कार्यकर्ता गंभीर भएका छन ।
कमल थापा जस्को संपुर्णा राजनीति को उध्येश्य पद ,सत्ता र आफ्नो परिवार रहदै आएको तथ्य्स इतिहास र बर्तमानले पुष्टि गरिसकेको छ । राप्रपाको इतिहासमा मिर जाफिर कोहि थियो त त्यो कमल थापा आफै थिए भन्ने कुरा पुर्व प्रधानमन्त्री लोकेन्द्र ब. चन्द को नेतृत्व मा सरकार मै मन्त्री पदमा रहेर बिपक्षी बेन्चमा बस्नु अनि ०६१/०६२ मा राजाको शासन कालमा गृहमन्त्री भएर शक्ति को दुरुपयोग गर्दै सिडियो परिचालन गरेर विशेष महादिबेशन को नाममा आफ्नै पार्टी को अध्यक्ष हटाएर स्वयं लाई अध्यक्ष घोषणा गर्नुनै इतिहास ले प्रमाणित गरिसकेको छ। आफ्नै मन्त्री पद विरुद्ध संसदमा अबिस्वासको प्रस्ताव विरुद्ध मतदान गर्नु , प्रधानमन्त्री जोसुकै होस मन्त्री पदको जागिर खाइ रहनु । दाजुलाइ रास्ट्रपति कार्यालय को सुरक्षा सल्लाहकार को जागीर खुवाइरहनु , भाइको ५४ करोडको भ्रष्टाचारको मुद्दा अख्तियारमा पेण्डिङ राख्न चाजोपाजो मिलाउनु जो सुकै प्रधानमन्त्री होस गाइलाइ हरियो घाँस भने झै उप प्रधानमन्त्रीको जागिर खान गैरहनु जस्ता मुलुक र जनताले स्पष्ट देख्न सक्ने घटनाले कमल थापा कुनै एजेन्डा को लागि होइन आफू र आफ्नो परिवारको लागि राजनीति गरिरहेछ्न भन्ने कुरा प्रष्ट थाहा हुदाहुदै राणा र लोहनी बत्ति को राकोमा पुतली होमिए झै किन होमिन बाध्य भए ? राप्रपा संयुक्तको आम कार्यकर्ता को प्रश्न ?कमल थापा अाफ्नो ऐजेन्डा प्रति पनि वास्तवमै इमानदारी छैनन इतिहास वाट प्रष्ट छ,संविधान जारि हुदाको वखत होस कि,राष्ट्रपती को चुनावमा होस वा यो गणतान्त्रिक संविधान लाइ उत्कृष्ट संविधान भन्दै गर्दा होस उनिको कृयाकलाव अध्ययन गरौ।
आज छ महिना सम्म निर्बाचन आयोगमा पार्टी दर्ता हुन नसक्नु लाई कमल थापाको हलो चुनाब चिन्ह स्वीकार नगर्ने षड्यन्त्र बाहेक केही होइन भन्ने स्पष्ट हुदा हुँदै पनि कमल थापा संग जोडिएर बसिरहन राणा र लोहनी लाई कुन शक्ति ले बाध्य पारिरहेको छ । पार्टीमा इमानदार,लगनसिल,जनमत भयका राजनीति रुपमा प्रसिक्षित हरुको सुझाव,सल्लाह नलिइ चाकडी वाद हरुको सल्लाह ले यो अवस्था मा पुराउदा पनि लोहनी ,राणा चुप किन। यीनै पात्र र प्रवृत्तिका कारणा पार्टीमा लामो संघर्ष गरेका प्रजातान्त्रिक छवि बनाएका प्रभावशाली ब्यत्तीहरुले पार्टी छोडिरहेका छ्न । जिल्ला जिल्ला बाट राप्रपा छोड्ने क्रम जारी छ र जारी रहने छ । यो यथार्थ कटु सत्य लाई बिर्सेर राणा र लोहनी अब कतिन्जेल कमल थापाको बुइ चड्ने हुन ? अव आत्माआलोचना गरेर कार्यकर्ता संग माफी माग्दै राप्रपा संयुक्त फर्कने हुन त्यो भने हेर्न बाकी नै छ । होइन भने जिल्ला जिल्लामा अब राप्रपा कार्यकर्ता कांग्रेस वा कम्युनिस्ट मा जाने लहर चल्ने छ ।हेरै , भिर बाट लड्ने गोरुलाइ राम राम भन्न सकिन्छ ,काध थाप्न सकिदैन । राणा र लोहनी मा पशुपति नाथले सतबुध्दी हालिदिउन । अन्यथा राप्रपा संयुक्तका कार्यकर्ता हरुले बिद्रोह झण्डा बोक्ने छन । सबै लाई चेतना भया । राप्रपा संयुक्त लाइ जिवितै राख्न कार्यकर्ता हरु तयार छन।विद्रोह ले राप्रपा संयुक्त लाइ जिवित वनाउछ नेता ज्यु! अागे नेता ज्युहरुको मर्जि
लेखक – राप्रपा संयुक्त प्रदेश नं.१ का सचीव

तपाईको प्रतिक्रिया