इटहरी बाट भदौ १० गते संकलन गरिएको स्वाब को रिपोर्ट अनुसार थप ७ जना कोरोना संक्रमण पुष्ठि भएको छ ।

इटहरी उपमहानगरपालिका का जनस्वास्थ्य नीरिक्षक घनस्याम सिग्देलका अनुसार संक्रमित हुनेहरु इटहरी २ का १ जना ४२ वर्षिय पुरुष, इटहरी ५ का १ जना ३४ वर्षिय पुरुष, इटहरी ६ का १ जना ४३ वर्षिय महिला, इटहरी ९ का २ जना ११ महिनाको वालिका र २४ वर्षिय पुरुष,इटहरी २० का २ जना १० र २० वर्षिय महिला रहेका छन ।

यो संगै हाल सम्म इटहरीमा कोरोना संक्रमण पुष्टी भएका १३२ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया