धनकुटा । एकैदिन धनकुटामा १९ जनामा काेराेना पुष्टि भएकाे छ ।काेराेना पुष्टि हुनेहरूमा प्रहरी जवान १३ जना, २ जना स्थानीय र चारजना दुरसञ्चार कार्यालय धनकुटामा कार्यरत कर्मचारी रहेका छन् । अाज १९ जनामा काेराेना पाेजेटिभ पुष्टि भए लगतै धनकुटामा यतिबेला काेराेना पाेजेटिभ हुनेहरूकाे संख्या ३९ पुगेकाे छ । ३९ संक्रमित मध्ये १७ जना उपचार पछि निकाे भएर घर फर्किएका छन् भने काेभिड अस्पताल विराटनगरमा १ जना र गाेठगाउँ स्थित काेराेना अस्पतालमा दुईजना गरि तीनजना उपचाररत रहेकाे स्वास्थ्य कार्यालय धनकुटाले जनाएकाे छ । काेराेना बढेसँगै धनकुटामा १७ गते राती १२ बजिसम्मकालागि जिल्ला प्रशासन कार्यालयले निशेधाज्ञा जारी गरेकाे छ । प्रत्येक दिन बिहान ७ बजिदेखि १० बजिसम्म र बेलुका ५ बजेदेखि ७ बजिसम्मका लागि सबैखाले उपभाेग्य सामानका पसलहरू खुल्ला रहने, भेडेटार, मुलघाटमा कडा सुरक्षा जाँच गरिने, अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कने, मास्क लगाई सामाजिक दुरि कायम अनिबार्य गर्ने, सभा, सम्मेलन, बैठकलगायतका सबै गतिविधिहरू गर्न नपाउने गरि कडाईका साथ प्रशासन कार्यालयले निर्देशन गरेकाे छ । विपि काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएकाे पिसिअार परिक्षणबाट १९ जनामा काेराेना पाेजेटिभ पुष्टि भएकाे स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसि प्रसाद गुरागाईले जानकारी दिनुभयाे ।

तपाईको प्रतिक्रिया