चितवनको कालिका सव डिभिजन वन कार्यालयमा कार्यरत पाँचजनालाई कोरोना संक्रमण भएकाे छ । कालिका नगरपालिका वडा नम्बर ८ मा रहेको सव डिभिजन वन कार्यालयमा कार्यरत पांच जना कर्मचारीलाई कोरोना पुष्टि भएको कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले बताउनुभयाे।पाँचजनामध्ये १ जना कालिका नगरपालिका वडा नम्बर ९, एकजना भरतपुर महानगरपालिका वडा नम्बर ५, ११, १४ र एकजना रत्ननगर नगरपालिका वडा नम्बर १२ निवासी रहनुभएकाे खुलेसा भएकाे छ ।

तपाईको प्रतिक्रिया