मोरङ / मोरङको सुन्दरहरैंचा नगरपालिकाका वडा नम्बर ३,४,५,६ र ७ सिल गरिएकाे छ । यसअघि बडा नं. ४,५ र ६ भदै १२ गते सम्म सिल गरिएकाेमा संक्रमितकाे संख्या अझ बढिरहेकाे हुँदा भाद्र २० गते राती १२ बजे सम्मका लगि वडा नं. ३ र ७ मा समेत लागु हुने गरी सिल गरिएकाे सम्पुर्ण वडाअध्यक्षहरूकाे सहमतीमा वडा नं. ४ का वडाअध्यक्ष शैलेन्द्र श्रेष्ठले जानकारी दिए ।

यस अवधिमा अाफ्नाे टाेल र वडामा काेहि अाफन्त इस्टमित्र पाहुना अाएमा अनिवार्य रूपमा सम्बन्धित वडामा जानकारी गराउन अनुराेध गरिएकाे छ । साथै ती पाहुनाहरूलाइ स्वास्थ्यकर्मीकाे निगरानीमा हाेलडिङ एरिया र हाेम अाइसाेलेसनमा राख्न सजगता अपनाउन पनि अनुराेध गरिएकाे छ । अति अावश्यकिय बस्तु बिक्री वा खरिद गर्दा अावश्यक सावधानि अपनाउन समेत अनुराेध गरिएकाे छ ।

हल सम्म सुन्दरहरैचामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ३९ पुगेको छ । क्वारेन्टाइनमा बसेकहरुको संख्या २१, आइसोलेसनमा बसेका हरुको संख्या ८, होम आइसोलेसनमा बस्नेहरुको संख्या १५ रहेकाे छ ।

जसमा १ महिला र २० पुरुष रहेका छन्, त्यसै गरी होम क्वारेन्टाइनमा बसेकाहरुको संख्या १ हजार ७ सय १५ रहेको छ। जसमा ५ सय ८ जना महिला र पुरुष १ हजार दुई सय ७ रहेका छन्, त्यस्तै हालसम्म पि.सी.आर विधिबाट १ हजार १ सय ६४ जनाको परिक्षण गरिएको छ जसमा पुरुष ९१२ र महिला २ सय ५२ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया