इटहरी / इटहरीमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भदौ ९ गते परिक्षण गरिएका मध्ये ९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

इटहरी वडा नं.४ का २२ र ५२ वर्षीया महिला, ३० वर्षीय पुरुष, वडा नं.५ की १४ वर्षीया बालिका, वडा नं.७ का ३५ वर्षीय पुरुष, वडा नं.१४ का २६ वर्षीय पुरुष, इलाका प्रहरी कार्यालय इटहरीका दुई जना पुरुष र शसस्त्र प्रहरी पकलीका एक जना पुरुषमा संक्रमण पुष्टि भएको बताइएकाे छ । योसँगै इटहरीमा कोरोना संक्रमितको संख्या १२५ पुगेको छ ।

तपाईको प्रतिक्रिया