विराटनगर । नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङकर विराटनगरमा शुक्रबार अपरान्ह बिष्फोट भएको छ । नेपाल आयल निगम प्रदेश १ कार्यालयबाट झण्डै ५०० मिटर उत्तरमा रहेको राम अवतार मोटरर्स ग्यारेजमा ट्यांकर विष्फोट भएको हो ।

ठूलो आवाजमा बिष्फोट भएपछि नजिकका बस्टिका घरहरु भूकम्पले हल्लाए झैं हल्लिएको थियो भने विराटनगर ४ प्रगति टोलका दुई वर्षको शिशुसहित तीन जना बेहोससमेत भएको स्थानीय किर्तिराज कार्कीले जानकारी दिनुभएको छ । उहाँका अनुसार ग्यारेजमा काम गर्ने दुई जना मजदुरसमेत बेहोस भएका थिए । बिष्फोट पछि स्थानीय त्रसित भएका छन् ।

ग्यारेजमा पार्किङ गरिराखेको ना ४ ख ७१६६ नम्बरको ट्यांकर विष्फोट हुँदा पछाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त भएको छ । ग्यारेज नजिकका केही घरको टिनको छानासमेत उप्किएको स्थानीयले जानकारी दिएका छन् । ट्यांकरमा इन्धन नभएको र खाली रहेको हुँदा ठूलो क्षति भने हुन पाएन ।

तपाईको प्रतिक्रिया