इटहरी । कोरोना संक्रमणको जोखिम दिनप्रतिदिन बढी रहेको समयमा सुनसरीको इटहरीमा लायन्स क्लव अफ स्मार्ट सिटीले ज्यालादारी गर्ने मजदुर तथा विपन्नहरुको नि ः शुल्क कोभिड १९ विमा गरि दिएको छ ।
लायन्स क्लव अफ स्मार्टसिटी र लियो क्लव अफ इटहरी स्मार्टसिटीको आयोजना तथा कृष्ण अग्रवालको सहयोगमा ईटहरी उपमहानगरपालिका वडा १७का ५० जना मजदुर र विपन्नहरुको कोभिड १९ विमा गरिदिएर विमा पत्र हस्तान्तरण गरेको हो ।
लायन्स क्लव अफ स्मार्टसिटीकी अध्यक्ष लक्ष्मी बराल गौतमको अध्यक्षता तथा लायन्स क्लवका डिष्ट्रिक ३२५ ए वानका प्रमथ भाइस डिष्ट्रिक गर्भनर रेवतबहादुर कार्कीको प्रमुख आथित्यतामा बिमा पत्र हस्तान्तरण कार्यक्रम आयोजना गरिएको थियो ।

नेको इन्स्योरेन्ससगंको सहकार्यमा बिमा गरिएको मिति भन्दा १५ दिनपछि बिमितलाई कोरोना संक्रमण भएको हुदा प्रति व्यक्ती पँचास हजार बिमित रकम पाउने गरि बिमा गरिदिएको र ईटहरीको २० वडामै रहेका विपन्नहरुको पनी विमा गरिदिने लायन्स क्लव अफ स्मार्टसिटीकी अध्यक्ष गौतमले जानकारी दिइन । बिमा पत्र हस्तान्तरण कार्यक्रममा लायन्स क्लव अफ इटहरी स्मार्टसिटीका निवर्तमान अध्यक्ष थानेश्वर ढकाल,ईटहरी उपमहानगरपालिका वडा १७का अध्यक्ष लगायतका लायन्स पदाधिकारीका साथै लियो क्लवमा पदाधिकारीहरुको सहभागिता रहेको थियो । लायन्स क्लव अफ इटहरी स्मार्टसिटीले इटहरी क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रममा सहयोग सक्रिय सहभागिता जनाउदै आएको छ ।

तपाईको प्रतिक्रिया