मोरगं । कोरोना कहरका कारण स्थानीय स्तरमा लगाइएको लकडाउन र निशेधाज्ञाले सहज रुपमा बजारमा तरकारी पाउन छोडेपछि जगंल वासपासका मानिसहरु जगंल गएर निगुरो टिपेर छाक टार्न थालेका छन ।

मोरगंको बेलवारी आसपासका मानिसहरु बेलवारीका जगंलमा तरकारीको गर्जो टार्न निगुरो टिप्न जानका थालेका हुन ।

कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर मोरगंका विभिन्न ठाउँमा स्थानीय तहले निषेधाज्ञा तथा लकडाउन लगाइ रहेको समयमा बजारमा सहज रुपमा तरकारी नपाउने तथा पाइएपनि अधिक महंगो भएको कारण जगंल नजिक हुनेहरु निगुरो टिप्न जान थालेका हुन ।

बेलबारी इमानसिहं चौक देखि पनि बेलबारीमा पर्ने चारकोसे झाडी क्षेत्रको जगलंमा निगुरो टिप्न जाने गरेका छन ।

बजारमा सहज रुपमा तरकारी नपाइने तथा आफुहरु पनि काममा जान नपाएर त्यसै बस्नु परिरहेको समय  पारेर निगुरो टिप्न आउने गरेको अम्विका सुयलले वताइन ।

दैनिक रुपमा तरकारी चाहिन्छ आम्दानीको स्रोत नहुदाँ किनेर खान पनि समस्या हुन्छ त्यसैले निगुरो टिप्न आउने गरेको अमृता विसुन्खेले भनिन ।

मोरगंको बेलबारी , कानेपोखरी , पथरी , लेटागं लगायतका क्षेत्रका जगंलमा त्यसै उम्रने जगंली निगुरो यस क्षेत्रको कतिपय मानिसहरुको रोजगारीको माध्यम समेत बन्ने गरेको छ ।

तपाईको प्रतिक्रिया