।राप्रपा संस्थापक अध्यक्ष सुर्य बहादुर थापाले मुलुकमा बहुदलीय प्रजातन्त्र पुनःस्थापन संगै नेपालमा बैकल्पिक प्रजातान्त्रिक पार्टीको स्थापना गर्ने उध्येश्यले गठन गरेको रास्ट्रीय प्रजान्त्र पार्टी आज तीस बर्ष पार गरिरहदा गतिहीनता ,अन्यौलता र निरासाको सिकार भैरहेको छ । यतिबेला तीन तिकट महाबिकट को भुमरीमा राप्रपा परिरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कार्यकारी अध्यक्ष दिनुपर्ने माग राखेका छन् । अध्यक्षद्वय पशुपती शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीसँग थापाले आफूलाई कार्यकारी अध्यक्ष दिनुपर्ने माग राखेका हुन् ।

पार्टी एकताका बाँकी काम थाँती रहेको अवस्थामा थापाले पार्टीभित्र छुट्टै स्थान खोजेका हुन् । स्रोतकाअनुसार थापाको उक्त प्रस्ताव दुवै अध्यक्षले अस्वीकार गरेका छन् । दुवै अध्यक्षले पार्टी एकताको काम टुंगोमा पुर्याउनुपर्ने बेला थापाको उक्त प्रस्तावमाथि आशंका व्यक्त गरेका छन् । महाधिवेशनसम्म तीन अध्यक्षको हैसियत बराबर रहनेगरी पार्टीलाई नेतृत्व गर्नुपर्ने राणा र लोहनीको धारणा छ । ‘पार्टी एकता लगायतका बाँकी काम टुंगो लाग्न नसकेको अवस्थामा कमल थापाले पार्टीभित्र कार्यकारीको भूमिका माग भएको छ । यो भनेको काम कुरो एकातिर कुम्लो बोकी ठिमितिर जस्तै हो’, राप्रपा निकट स्रोतले भन्यो , ‘दुवै अध्यक्षहरुले कमल थापाको प्रस्तावमा हामी सहमत छैनौं र यो हुँदा पनि हुँदैन भनेर जवाफ दिएका छ्न ।

राप्रपा र राप्रपा संयुक्त को एकता घोषणा भयको चै हो तर निर्वाचन अायोग ले दुई पार्टी एक भयको अौपचारिक मान्यता दियको छैन।हामी दुवै पार्टी ले अौपचारिक दर्ता को लागि अायोमा अावस्यक पर्ने कागजपत्र हरु वुझायका छैनौ।त्यसैले अायोग को रेकर्ड मा अझ पनि दुई पार्टी कायम नै छ। त्यस्तै चुनाव चिन्ह स्पस्ट नहुदा तथा संबिधान र परिबर्तन संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार नगरेका कारण पनि राप्रपा एकता घोषणाको सात महिना भै सक्दा पनि निर्वाचन आयोगमा दर्ता हुन सकेको छैन् । कमल थापा समूहको राप्रपाले चुनाव चिन्ह गाई राख्नुपर्ने अडान लिएको छ भने राणा र लोहनीले हलो चुनाव चिन्ह राख्नुपर्ने बताउँदै आएका छन् । ‘कमल थापाको राप्रपाले अहिले पार्टी दर्ता गरौं । एकता भएको ६ महिनाभित्र चुनाव चिन्हबारे उपर्युक्त समय निर्णय गरौं भन्ने छ । राप्रपा उच्च स्रोतले भन्यो, ‘राप्रपा संयुक्तले चुनाव चिन्हसहित आयोगमा दर्ता गरौं भन्ने छ ।’ राप्रपाको गाईलाई राप्रपाको झण्डाको रुपमा राप्रपा संयुक्तले स्वीकार गरिसकेको छ । त्यसकराण त्यसलाई झण्डाको रुपमा स्वीकार गरेपछि निर्वाचन चिन्ह हलो हुनुपर्ने राणा र लोहनी माग छ । त्यस्तै राप्रपाको अन्तरिम विधान भनेर राप्रपा संयुक्त स्वीकार गरिसकेको एक नेताले बताए । ‘राप्रपासँग राप्रपा संयुक्त विलिन भएको होइन । पार्टी एकता गरेको हो ।

एकीकरणको सन्दर्भमा विश्वमा दुवै पार्टीको अस्तित्व रहने प्रक्रिया छ’, ती नेताले भने, ‘हामीले राप्रपाको चुनाव चिन्ह हलो हुनुपर्छ भनेर अडान लिएको छौं हामी पछि हट्ने अवस्था छैन् । कमल थापा निरंकुश दादा गिरी अब स्विकार गर्न सक्दैनौ । राणा निकटतम सहयोगी सल्लाहकार स्तरकस एक नेताले बताएका छ्न – ” हिजो राजाको प्रत्यक्ष शाही शासनकालमा उनले राप्रपा माथी भैतिक हमला गरि स्वघोषित अध्यक्ष भएर राप्रपा नेपाल गठन गरेका हुन । उनी राजनीतिका अत्यन्तै अराजक र पदलोलुप ब्यक्ति हुन अब राप्रपामा उनको मात्र दादागिरी चल्दैन ” कमल थापा निकट एक सचिबालय सदस्य ले भने -” कमल थापा महाधिवेशन बाट जितेको अध्यक्ष हो । राणा र लोहनी झ्याल बाट भागेर स्वघोषित अध्यक्ष भै पार्टी खोलेर पछि मिल्न आएका हुन ।कमल थापाले उदारता पुर्बक उनीहरुलाई अध्यक्ष मानिदिएका मात्र हुन ।

राप्रपा को कार्यकारी अध्यक्ष अहिले पनि कमल थापा मात्र हुन । राणा र लोहनी र सेरेमोनियल अध्यक्ष मात्र हुन । ती नेताले भने महाधिवेशनमा हाम्रा कार्यकर्ताले राणा र लोहनी लाई धुलो च चटाइदिने छ्न” । हामी चुनाब चिन्ह गाई नै राख्छौ । अध्यक्ष फेरि कमल थापा लाई नै बनाउछौ । पार्टी फुटे फुट्छ । हामिलाइ मतलब छैन । ती नेताको दाबी छ । यसरी राप्रपा बिभाजन र लगभग विघटन को संघारमा पुगिसकेको देखिन्छ । आजैमात्र राप्रपा तीन अध्यक्ष राणा , लोहनी र थापा बिच भएको बैठक ले भातृसंगठन समायोजन सहित बाकी बिबाद एक हप्ता भित्र टुङ्याएर पार्टी दर्ता गर्ने सहमति भएको बताइएको छ । कमल थापाले चुनाव चिन्ह “हलो”आजको बैठक मा स्वीकार गरेको जानकारी उच्च श्रोतले दिएको छ । यता राणा लोहनी र थापा पक्षहरूले आ-आफ्ना सामाजिक संजालहरुमा आएका धारणा हरुलाइ हेर्दा यो कुरा बिश्वास गर्न सकिदैन । उनिहरु एक अर्का विरुद्ध अर्थात हलो र गाई को पक्ष र बिपक्षमा हात धोएर उभिएका छ । यसरी उत्रने हरुमा अध्यक्ष का स्वकीय सचिब हैसियतका ब्यक्ति हरुनै रहेकाले राप्रपा को एकता चाडै र सहजै टुंगिन्छ भनेर बिस्वा?गर्न सकिदैन । तर जसरी भए पनि राप्रपा एकताको विकल्प भने देखिदैन ।

गणेश प्रसाद दुलाल  राप्रपा संयुक्त प्रदेश नम्बर १ सचिब 

तपाईको प्रतिक्रिया