मोरगं । कोरिनाको संक्रमणको जोखिम बडी रहेको समयमा मोरगंको सुन्दरहरैंचा जोगियारेका किसानहरु भने धानमा लागेको किराका साथै मल अभाव र सिचाई सुविधा नहुँदा चिन्तीत वन्न थालेका छन ।
किसानहरुले पानी लगाउने पुरन पैनीको बाँध बर्षायामको बाढीले भत्काइ दिएको कारण कसरी सिचाई गर्ने भन्ने चिन्ताले किसानहरुलाई सताउन थालेको हो । बर्षाले भत्काएको बाँध अस्थायी रुपमै वनाउनलाई किसानहरु आफै जुटी रहेका छन ।
सिचाईका लागि प्रयोग गर्दै आएको बाँध बाढीले भत्काई दिएपछि बाँध बनाइ दिन स्थानीय सरकारलाई आग्रह गरेको भएपनि अहिले नै काम अगाडि वढाउन नसक्दा आफुहरु मिलेर अस्थायी रुपमा भएपनि बाँध बाध्न जुटेको एक किसानले जानकारी दिए । उनले सिचाई गर्न नसके उत्पादन लिन नसकिने गुनासो गर्दै सहज भएपछि स्थानीय सरकारसंग पक्का बाँँध बनाइ दिन आग्रह गर्ने समेत वताए ।
बाँध मर्मत कार्यमा जुटेका किसानहरुले अहिले युरिया हाल्ने समयमा युरिया मल नपाएको गुनासो समेत गरे । धान रोप्ने समयमा कम्पोस्ट मल नपाएको तथा अहिले युरिया मल नपाएको गुनासोका साथै धानबालीमा किरा लाग्न थालेको समेत किसानहरुले सुनाए । सुन्दरहरैचा २ जोगियारे क्षेत्रका किसानहरु जेठ महिनामा सधै कुलो सफा गर्दछन असार देखि साउन सम्ममा धान रोपाई गर्ने गर्दछन । यही सिचाई गर्ने समयमा हो तर बाँध भत्कीएका कारण सिचाई गर्न नपाएको अर्का किसान गुनासो गर्दछन ।
 यो क्षेत्रका किसानहरुलाई सिचाईका लागि स्थानीय सरकारबाट पक्की नाला सहितको वाँध बनाउने काम हुदै आएको भएपनि बाढीले वाँध भत्कीएर समस्या भएको किसानहरुको गुनासो रहेको छ ।

तपाईको प्रतिक्रिया