बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–२ अर्नाक मंगलबार बिहान गएको पहिरोले घर पुरिदा एक किशोरीेको मृत्यु भएको छ ।

अबिरल वर्षासँगै घरमाथिबाट आएको पहिरोले स्थानीय प्रकाश परियारको घर माटोको डिस्कोले पुर्दा १९ बर्षीय युवती पुजा परियारको ज्यान गएको हो । घरमै सुतेकी पुजा पहिरोले च्यापिए पछि मृत अवस्थामा भेटिएको वडाध्यक्ष युवराज महतले जानकारी दिए ।

परियार पुरिएको ठाउँबाट स्थानीयले शव निकालेका छन् । घरदेखि करिब दश मिटर माथिबाट खसेको माटोको डिस्कोले घरको पछाडीको भाग भत्किएको छ । मृतक परियारको आमा, बहिनी र दुई भाई अर्काे घरमा सुतेको हुँदा उनीहरु सुरक्षित रहेका छन् ।

परियार सोमबार रातिको खाना खाएर सुत्नको लागि उक्त घरमा गएकी थिइन् । मृतकका बाबु प्रकास परियार वैदेशिक रोजगारीको शिलशिलामा कतार रहेका छन् ।

तपाईको प्रतिक्रिया