बिराटनगर, कोरोना माहामारी जनसमुदायमा दिनदिनै फैलिरहेको अबस्थामा आज बिराटनगरका एक युवा ब्यवसायी सरोज पौडेलले आफ्नो जन्मदिनको अवसरमा माक्स बैकको शुरूवात गरेका छन । “ हुनेले दिनुहोस, नहुनेले लिनुहोस “ भन्ने ब्यानर बनाएर निःशुल्क माक्स बितरण कार्यको थालनीगरीएको छ । अन्य युवा साथिहरु सङ साथ सहयोग लिएर यो कार्य दैनिक चल्ने पौडेलले बताएका छन् । कोरोनाको यो महामारिमा सबैले आफ्नो सकेको ठाउँबाट सकेको सहयोग गरे कोरोना संगको लडाइमा सफल हुने कुरा उनले बताए ।
सजक र सचेत रहेर निशुल्क माक्स बितरण कार्यमा सहभागी भै सहयोग गर्न आम नागरीकलाई स्थानिय युबा नारायण सुबेदीले बताएका छन् , यसरी संचालन गरिएको माक्स बैकको रुपमा निरन्तर संचालन गर्ने कार्य रहेको सप्तकोशी अनलाइन लाई जानकारी गराएका छन ।

तपाईको प्रतिक्रिया