• तेजबहादुर बन 

इटहरी । समुदायस्तरमा कोरोना संक्रमण फैलीएको निस्कर्ष निकाल्दै सोमबार दिउसो १२ बजेबाट लागु हुनेगरी इटहरी वार्ड नं ६ र ९ शिल गर्ने भनि गरिएको निर्णय कागजमै सिमित बनिन पुगेको छ । सम्बन्धित निकाय प्रहरी प्रसाशन र इटहरीका जनप्रतिनिधिहरूले सो विषयलाइ गम्भिर रूपमा नलिएपछि बिहान गरेको निर्णय दिनमा आइपुग्दा लथालिंग जस्तै बनेको छ ।

पछिल्लो समय इटहरीको वार्ड नं ६ र ९ मा कोरोनाको संक्रमण फैलिएपछि इटहरीका मेयर द्वारिकलाल चौधरीको अध्यक्षतामा सुनसरीका प्रमुख जिल्ला अधिकारी सहितको उपस्थितिमा बसेको सर्वपक्षीय भेलाले दुइ वटा वार्डलाइ पुर्ण रूपमा शिल गर्ने निर्णय गरेको थीयो ।

निर्णय बमोजीम सोमबार दिउसो ३ बजिसक्दा पनि दुवै वार्डहरूमा मानिसहरूको चहल पहल उत्तीकै देखिएको छ भने सिटि सफारीहरू र टेम्पोहरू पनि निर्वाध रूपमा सञ्चालन भइरहेको पाइएको छ । इटहरी वार्ड नं ६ को जनता उच्च मावी गल्ली , संगित चौक भित्रका पसलहरू भित्रि रूपमा खुल्ला गरी कारोबार गरिरहेको प्रत्यक्ष देखिएको छ ।

त्यसैगरी वार्ड नं ९ मा पनि किराना पसल तथा होलसेल पसलहरू पनि खुल्ला गरिएको देखिएको छ । उक्त क्षेत्रमा पनि सिटि सफारीहरू निर्वाध रूपमा सञ्चालन भइरहेका छन ।  भेलाले अति आवस्यकिय सेवा बाहेकका सबै क्षेत्र पुर्ण रूपमा बन्द गर्ने निर्णय गरेको थीयो । यहा सम्म कि घर बाहिर मान्छेलाइ निस्कन समेत प्रतिबन्ध लगाउने निर्णय सहितको माइनेटिङ गरिएको थीयो ।

बिविध विषयमा निर्णय गरेपनि कार्यानवयन पक्ष फितलो भएपछि इटहरीमा कोरोना जोखिम झनै बढने खतरा देखिएको छ । सबैभन्दा बढी जोखिम क्षेत्र मानीएको इटहरी वार्ड नं ६मा अहिले पनि लापर्वाहि बढदो देखिएको छ । पछिल्लाे एक महिना यता मात्र वार्ड नं ६ मा काेराेना संक्रमितकाे संख्या १० पुगेकाे छ भने १५ दिनकाे अवधिमा वार्ड नं ९ मा संक्रमितकाे संख्या ८ पुगिसकेकाे छ ।   स्थानिय सरकारले शिल गर्ने निर्णय गरेपनि बेला बेलामा अनुगमन नगरिदिदा लापर्वाहि बढेको इटहरीकै जनप्रतिनिधिहरूको भनाइ छ ।

यता यस बिषयमा इटहरी उपमहानगर वार्ड नं ६ का वडाध्यक्ष दिपक गौतम संग सम्पर्क गर्दा संक्रमणबाट जोखिम मानिएका दुइ वटा वडालाइ पुर्ण रूपमा शिल गरिसकेको र कार्यानवयनको तयारीमा प्रहरी प्रसाशन र स्थानीय जनप्रतिनिधि लागिरहेको बताए । सर्वपक्षीय भेलाले शिल गर्ने निर्णय गरेपनि कार्यानवयन गर्ने जिम्मा प्रहरी र जनप्रतिनिधिको मात्र नभएर स्थानीय नागरिकहरूको पनि रहेकोले नगरवासी सुरूमा सचेत बनिनुपर्ने वडाध्यक्ष गौतमको भनाइ छ ।

यता एक नं प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले पनि मुख्य राजमार्गमा सफारी तथा अटो गुडन नदिएको दावि गर्दै आएको छ । भित्रि चोरबाटो भएर छिरेकाहरू प्रहरीले नदेखेको कारण उनिहरू कार्वाहिबाट बच्दै आएको तर अब पुर्ण रूपमा सफारी तथा अटोहरूलाइ अवस्था हेरेर कडाइ गरिने एक नं प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता डिएसपी लक्ष्मीराज अधिकारीले बताए ।

 

तपाईको प्रतिक्रिया