जंगली च्याउ खाँदा डोल्पाको ठूलीभेरी नगरपालिकामा ४ जना गम्भीर बिरामी भएका छन् ।

खानासँगै आइतबार साँझ जंगली च्याउ खाएका ठूरीभेरी नगरपालिका–७, का उत्तम बहादुर शाही, सूर्यबहादुर साही, वडा नम्बर ८ का कमल बहादुर शाही र सत्य बहादुर शाही गम्भीर बिमारी परेका प्रहरीले जनाएको छ ।

खाना खाएपछि उनीहरु बिरामी परे पनि प्रहरीले सोमबार बिहानमात्र खबर पाएको थियो । ‘बिहान खबर आएपछि प्रहरी चौकी मागफाल प्रहरी सहायक निरीक्षक कृष्ण तिरुवाको कमान्डमा ७ जनाको टोली घटनास्थलतर्फ गएको थियो,’ डोल्पाका प्रहरी प्रमुख डीएसपी नारायण रञ्जितकारले भने, ‘त्यसपछि सहजीकरण भयो अहिले हेलिकप्टरबाट उद्दार गरिएको छ ।’

पहिलो खेपमा सिम्रिक एयरको हेलिकप्टरले ३ जनालाई सुर्खेत ल्याएको छ । एकै हेलिकप्टरबाट नअटेका कारण एक जनाका लागि भने छुट्टै हेलिकप्टर आउने डीएसपी रञ्जितकारले बताए । उनका अनुसार एक जनालाई भने नेपालगञ्ज पठाउने तयारी छ ।

तपाईको प्रतिक्रिया